२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ब्रिकेट फ्याक्ट्रीको आगलागी एक सातापछि नियन्त्रणमा


बिर्तामोड, बैशाख २७ । झापा मेचीनगर–१५ ज्यामिरगढीस्थित पराजुली बायोमास ब्रिकेट फ्याक्ट्रीमा लागेको आगो एक हप्तापछि पूर्ण नियन्त्रणमा आएको छ । बैशाख २० गते बिहान ३ बजेतिर सल्किएको आगो आइतबार राति १२ बजेवाट पूर्ण नियन्त्रणमा आएको हो ।

सुरुमा आगो निभाउन मेचीनगर, बिर्तामोड, भद्रपुर, कमल, दमक गरी जिल्लाका पाँच तथा उर्लाबारी र कानेपोखरीको गरी ७ वटा दमकल परिचालन गरिएका थियो । तर, पछि आगो पूर्ण नियन्त्रणमा ल्याउन प्रत्येक दिन तीनवटा दमकल, ६ वटा ट्र्याक्टर, २ वटा टिप्पर र ३ वटा एक्जाभेटर प्रयोग गरिएको थियो ।

निलकोठी भन्ने ठाउँमा रहेको ब्रिकेट फ्याक्ट्रीमा लागेको आगोबाट १३ देखि १५ करोड रुपैयाँसम्म क्षति भएको उद्योगी चण्डी पराजुलीले बताए । आगलागीबाट एउटा पूरै युनिट जलेर नष्ट भएको छ ।

आगलागीबाट फ्याक्ट्री, त्यहाँ रहेको मेसिन, ट्र्याक्टर, एक्जाभेटर, कच्चा पदार्थ, तयारी कोइलालगायतका वस्तु जलेर नष्ट भएको सञ्चालक आदित्य पराजुलीले जानकारी दिए । आगलागीबाट ब्रिकेट बनाउन स्टक राखिएको ५५ लाख केजी कच्चा पदार्थ जलेर नष्ट भएको पराजुलीले बताए ।

विद्युत सर्ट भई अचानक आगलागी भएको थियो । करिब तीन वर्षअघि सो फ्याक्ट्री स्थापना गरिएको हो । फ्याक्ट्री डेढ बिघा क्षेत्रफलमा फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer