२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

सदस्यको मनोबल उच्च राख्न शिखर साकोसको योजना


बिर्तामोड, जेठ ३ । शिखर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यहरुलाई यो कोभिड संक्रमणको बेला ‘नआत्तिनुस्, मनोबल उच्च राख्नुस्, शिखर साकोस छ तपाईंको साथमा’ कार्यक्रम ल्याएको छ ।

संस्थाले सदस्य तथा कर्मचारीको मनोबल उच्च राख्न आवश्यक सहयोग गर्नुको साथै पौष्टिक आहार सहयोग गर्ने कामको सुरुवात गरेको छ ।

संस्थाका अध्यक्ष दिपेन्द्र राउतका अनुसार अस्पताल, स्वास्थ्य सामग्री, पोसिलो खानेकुरा, अक्सिजन, रगत यातायात लगायको निम्ति पहलसमेत संस्थाले गर्नेछ । निषेधाज्ञाका कारण व्यापार व्यवसाय ठप्प हुँदा व्यवसायी सदस्यहरुमा आर्थिक भार बढ्न सक्ने हुँदा केही राहातस्वरुप योजना पनि ल्याइएको सहसचिव तारा खतिवडाले बताए ।

त्यस्तै, निषेधाज्ञाको समयावधिमा सदस्यहरुलाई हर्जना र जरिवानामा सतप्रतिशत छुट दिने र निषेधाज्ञा अवधिको समयमा ब्याजमा १५ प्रतिशतसम्म छुट दिइने अध्यक्षले राउतले जानकारी दिए । यो विषम परिस्थितिमा सदस्यहरुलाई सुरक्षित रहँदै घरमै बस्न र अत्यावश्यक भए मात्र सम्पर्क गरेर सेवा सुविधा लिन समेत संस्थाले अनुरोध गरेको छ ।

यसैबीच, सामाजिक कार्यमा समेत अग्रणी रहेको शिखर साकोसका कर्मचारीले आफ्नो तलबबाट एकका लागि एक अभियानलाई अक्सिजन बैंक स्थापनाको लागि २ थान अक्सिजन सिलिन्डर सहयोग गर्ने निर्णय गरेका छन् ।

अहिलको आवश्यकता अक्सिजन भएको हुँदा कर्मचारीहरुले समाजप्रति उत्तरदायित्व बहन गर्दै सहयोग गरको व्यवस्थापक लिलानाथ रेग्मीले बताए । त्यस्तै, सञ्चालक समिति सहसचिव तारा खतिवडाले अर्जुनधार नगरपालिकालाई एक थान अक्सिजन सिलिन्डर हस्तान्तरण गर्ने जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer