२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसिजद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग


बिर्तामोड, जेठ १० । सक्रिय युवाहरुको साझा संस्था वीरता जेसिजले कोरोनाको उच्च जोखिममा रहने फ्रन्टलाइनमा कार्यरत सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

वीरता जेसिजका अध्यक्ष राजीव धिमालले ती स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । धिमालले पूर्वमहासचिव जीवनकुमार खड्काको साथमा मास्क र पिपिइ सेट प्रदान गरेका हुन् ।

जेसिजले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय अनारमनी, श्री नयाँ श्रीनाथ गण चारआली र प्रहरी चेक पोस्ट किटेनी इलामलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

जेसिजले प्रत्येक कार्यालयलाई ९०० थान सर्जिकल मास्क र गणलाई मास्कसहित चार थान पुनः प्रयोग गर्न मिल्ने पिपिइ सेट प्रखान गरेको धिमालले जानकारी दिए ।

वीरता जसिजका अध्यक्ष धिमालले यसअघि एकका लागि एक अभियानलाई अक्सिजन सिलिन्डर खरिदका लागि ७५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer