२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायी संघद्वारा खाद्यान्न वितरण


बिर्तामोड, जेठ १४ । नेपाल औषधि व्यवसायी संघ झापाले जिल्लाका अतिविपन्न परिवारलाई खाद्यान्न वितरण सुरु गरेको छ ।

खाद्यान्न विरतण कार्यक्रमअन्तर्गत पहिलो चरणमा झापाको बिर्तामोडका दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका १६ विपन्न परिवारलाई राहत दिइएको संघका महासचिव जीवनकुमार खड्काले जानकारी दिए ।

बिर्तामोड ५ अकलबस्ती आसपासमा रहेका मजदुरहरुलाई राहत खाद्यान्नअन्तर्गत प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, ५ किलो आलु र नुन १ किलोका दरले प्रदान गरिएको खड्काले बताए ।

संघले जिल्लाभरि दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम बनाएको छ । संघमा आवद्ध केही व्यवसायीबाट रकम संकलन गरेर राहत वितरण गरिएको जनाइएको छ ।

बिर्तामोडको खाद्यान्न वितरण कार्यक्रममा संघका उपाध्यक्ष प्रदिप खरेल, महासचिवव खड्का, औषधि व्यवसायी वसन्त इङनाम, वीरता जेसिजका अध्यक्ष राजीव धिमाल र व्यवसायी अनन्तलाल महतोको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer