२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

आज धेरै ठाउँमा बादल, केही भागमा पानी पर्ने


बिर्तामोड, जेठ १७ । देशका धेरैजसो ठाउँमा बादल लागेर आज सोमबार एक÷दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेकाले देशका धेरैजसो ठाउँमा आंशिकदेखि सामान्य बदली भई प्रदेश–१ र बाग्मती प्रदेशका एक/दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन् ।

तर, निरन्तर ठुलो पानी पर्ने सम्भावना भने नरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले प्रदेश–१ का धेरैजसो ठाउँमा बादल लागेको छ भने प्रदेश–१ र बाग्मती प्रदेशका केही ठाउँमा सामान्य पानी परिरहेको छ । बाँकी ठाउँमा सामान्य बादल लागेको छ ।

आउँदो तीन दिनसम्म नै मौसम बदली रहने मौसमविद् शाक्यले बताइन् । आज राति देशका सबैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी र पर्ने र हिमाली क्षेत्रमा सामान्य हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
उज्यालोबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer