२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

यसपालि समयमै मनसुन, धेरै पानी पर्ने अनुमान


तस्वीर: आइपिएस

बिर्तामोड, जेठ १८ । मौसमविद्ले यसपालि समयमा नै मनसुन भित्रिने बताएका छन् । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रने गर्दछ ।

यसपालि जुन १० तारिखकै आसपासमा मनसुन भित्रिने अनुमान रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । मौसमविद्ले यसपालिको मनसुनमा धेरै पानी पर्ने अनुमान गरेका छन् ।

यसैबीच, भारतको बिहार र पश्चिम बङ्गालमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावसँगै पश्चिमी वायु र प्रि–मनसुनको गतिविधिका कारण आज मंगलबार नेपालमा पानी परिरहेको छ ।

प्रदेश–१ र २ तथा सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद्ले बताएका छन् । यी तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

प्रदेश–१ र २ मा हल्का वर्षा भएको छ भने सुदूरपश्चिमका जिल्लामा मध्यम खालको वर्षा भइरहेको उनले बताए । भोलि पनि यी तीन प्रदेशको मौसम यस्तै रहने अनुमान छ ।

काठमाडौँ उपत्यकासहित बाग्मती, गण्डकी प्रदेशका धेरै ठाउँमा भने यतिबेला घाम लागेको छ । यी क्षेत्रको मौसम भने आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले बताएका छन् । प्रि–मनसुनका कारण काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका दिउँसोपछि मेघगर्जन र चट्याङ्गसहित फाट्टफुट्ट पानी पर्ने मौसमविद्ले बताएका छन् ।

भोलि र पर्सि पनि पहाडी क्षेत्रको मौसम सामान्य बदली भई फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद् श्रेष्ठले बताए । उनका अनुसार अहिले प्रि–मनसुन बाहेक अन्य प्रणालीको प्रभाव नपरेकाले ठुलो पानी पर्ने सम्भावना भने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer