२०८१ बैशाख ६ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

औषधि व्यवसायी संघद्वारा हालसम्म ७० परिवारलाई खाद्यान्न


बिर्तामोड, जेठ २३ । नेपाल औषधि व्यवसायी संघ झापाले हालसम्म ७० विपन्नलाई परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

आज शनिबार झापाको बुद्धशान्ति–५ का विपन्न परिवारलाई स्थानीय वडा कार्यालय परिसरमा १० परिवारलाई खाद्यान्न वितरण गरेसँगै संघले ७० परिवारलाई राहत प्रदान गरेको हो ।

शान्तिनगरस्थित वडा कार्यालय परिसरमा रहेका दैनिक ज्यालादारी मजदुरी गर्ने १० परिवारलाई खाद्यान्न अभाव भएपछि संघले वितरण गरेको स्थानीयसमत रहेका संघका सदस्य सुरेश खतिवडाले जानकारी दिए ।

संघल यसअघि बिर्तामोडको अकलबस्तीका १६, मेचीनगर धाइजनका १८, बिर्तामोड सूर्यनगरका १५, मेचीनगरका शारीरिक अपाङ्गता भएका ६, बिर्तामोडका ५ मजदुर परिवारलाई खाद्यान्न वितरण गरेको संघका महासचिव जीवनकुमार खड्काले बताए ।

मजदुरहरुलाई राहत खाद्यान्नअन्तर्गत प्रत्येक परिवारलाई २५ किलो चामल, २ किलो दाल, एक लिटर तेल, ५ किलो आलु र नुन १ किलोका दरले प्रदान गरिएको खड्काले बताए । एक परिवारलाई २ हजार २५० रुपैयाँको प्याकेज बनाएर राहत वितरण गरेको संघले जनाएको छ ।

संघले जिल्लाभरि दैनिक ज्यालादारी मजदुरलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम बनाएको छ । संघमा आवद्ध केही व्यवसायीबाट रकम संकलन गरेर राहत वितरण गरिएको जनाइएको छ ।

बुद्धशान्तिको खाद्यान्न वितरण कार्यक्रममा संघका महासचिव खड्का, सदस्य खतिवडा, लायन्स क्लब अफ बिर्तामोड सिटीका सचिव अनन्तलाल महतोको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer