२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

स्पेन र इटाली युरो कपको अन्तिम चारमा


बिर्तामोड, असार १९ । युरो कपकको पहिलो र दोस्रो क्वार्टर फाइनल खेलबाट स्पेन र इटाली सेमिफाइनल प्रवेश गरेका छन् । अब यी दुई टोली फाइनल प्रवेशका लागि एकापसमा भिड्ने छन् ।

तीनपटकको युरो कप विजेता स्पनले स्विटजरल्यान्ड र इटालीले फिफा वरियताको शीर्ष टिम बेल्जियमलाई हराउँदै अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।

निर्धारित समयको खेल र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि भएको टाइब्रेकरमा ३–१ ले पराजित गर्दै स्पेनले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पेनाल्टीमा स्पेनका डानिल ओल्मो, जेरार्ड मोरेनो र मिकेल ओयार्जबलले गोल गरे । स्पेनका सर्जियो बुस्केट्सको प्रहार पोस्टमा लागेर फर्किदा रोड्रीको प्रहार स्विस गोलकिपर यान सोमेरले बचाए ।

स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले मात्र गोल गरे । फाबियन, अकान्जी म्यानुएलको प्रहार स्पेनिस गोलकिपर सिमोनले बचाए भने रुबेन भेर्गासको प्रहार बाहिरिएको थियो ।

स्विजरल्यान्डको आत्मघाती गोलमार्फत स्पेनले अग्रता लिएको थियो । खेलको ८ औँ मिनेटमा जोडी अल्बाको सट डेनिस जकारियाको खुट्टामा लागेर गोल हुन पुगेको थियो । पहिलो हाफमा स्पेनले १–० को अग्रता लिएको थियो ।

खेल अवधिभर स्पेनले स्विजरल्यान्डलाई दबाबमा राखे पनि दोस्रो हाफ पटकपटक फिनिसिङमा चुकेको थियो । दोस्रो हाफमा स्विजरल्यान्डले बराबरी गोल गर्न सफल भयो ।

६८ औँ मिनेटमा सेर्डान साकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७७ औँ मिनेटमा मिडफिल्डर रेमो फ्रिलर रातो कार्ड पाएर बाहिरिएपछि भने स्विजरल्यान्ड थप दबाबमा परेको थियो ।

यसैबीच, इटालीको जितमा निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक एक गोल गरे । खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै रोमाञ्चक खेल खेलेका थिए ।

खेलको ३१ औँ मिनेटमा निकोलो बरेलाको गोलमा इटालीले अग्रता बनाएको थियो । मार्को भेराट्टीको पासमा उनले दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे ।

त्यस्तै, खेलको ४४ औँ मिनेटमा बरेलाकै पासमा लोरेन्ट इनसाइनले इटलीको अग्रता दोब्बर बनाए । उनले एकल प्रयासमा बक्स बाहिरबाट उत्कृष्ट गोल गरे ।

बेल्जियमका लागि पहिलो हाफको इन्ज्युरी समयमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै रोमेलु लुकाकुले गोल फर्काए । जियोभानी लोरेन्जोले पेनाल्टी बक्सभित्र जेरीमी डोकुलाई लडाएपछि बेल्जियमले पेनाल्टीको अवसर पाएको थियो ।

लुकाकुले पेनाल्टीमा गोल गर्दै खेल २–१ को स्थितिमा ल्याए पनि दोस्रो हाफमा दुबै पक्षले गोल थप्न नसक्दा इटलीले २–१ ले खेल आफ्नो पक्षमा पार्‍यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer