२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

कार दुर्घटनामा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु


बिर्तामोड, असार २५ । झापा एमालेका नेता तथा उद्योगी ज्ञानुराम प्रसाईंको कार दुर्घटनामा मृत्यु भएको छ । आफैँले चलाएको कार सडकबीचमा रहेको शालिकमा ठोक्किएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज शुक्रबार सदरमुकाम चन्द्रगढी जाँदै गर्दा उनी सवार कार बिहान ११ः४० बजे भद्रपुर–९ स्थित चारआली–चन्द्रगढी सडकखण्डको देवकोटाचोकमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

चिकित्सकका अनुसार उनको शरीरमा बाहिर देखिनेगरी चोट थिएन । तर, दुर्घटना हुँदा कारको स्टेयरिङ छातीमा बजारिएको र मुटुमा रक्तश्राव बन्द भई उनको मृत्यु भएको चिकित्सकले प्रारम्भिक जानकारी दिएका छन् । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

उनी आफैँले चलाएको बा. १६ च ८१८२ नम्बरको कार देवकोटाको शालिकको कम्पाउन्डमा ठोक्किएर दुर्घटनामा परेको थियो । घटनालगत्तै उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएकोमा अस्पतालले दिउँसो १२ः१५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको घोषणा गरेको थियो ।

नेकपा एमाले बिर्तामोड नगर अध्यक्ष रहेका प्रसाईं झापादेखि ताप्लेजुङसम्मका दर्जनौँ संघ–संस्थाको नेतृत्वदायी भूमिका क्रियाशील थिए । उनी राजनीतिका साथै उद्योग तथा व्यवसायमा आवद्ध थिए । प्रसाईं बिर्तामोडकी नगर उपप्रमुख पवित्रा महतारा प्रसाईंका पति हुन् । उनका एक छोरा र एक छोरी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer