२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक


बिर्तामोड, साउन ६ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले साउन ३१ गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेपछि तालिका सार्वजनिक भएको हो ।

परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । विद्यार्थीहरूले आफूले अध्ययन गरेकै विद्यालयबाट परीक्षा दिन पाउने छन् ।

गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।

यस वर्ष सय पूर्णांक रहने गरी नै परीक्षा भौतिक उपस्थितिमा गर्ने बोर्डले निर्णय गरेको हो । गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा परीक्षा लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer