२०८१ साउन १२ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

१३ औँ साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने


बिर्तामोड, साउन २५ । १३ औँ संस्करणको साफ च्याम्पियनसिप माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको साफको कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिएको हो ।

बैठकले अक्टोबर १ देखि १३ तारिखसम्म माल्दिभ्समा साफ गर्ने निर्णय गरेको हो । १३ औँ साफमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भइसकेको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

भुटानले तीन दिनपछि निर्णय गर्ने एन्फाले जनाएको छ । भुटान सरकारले साफमा सहभागी हुन सकारात्मक छलफल गरेकाले ३ दिनमा भुटानले यकिन निर्णय दिने भएको छ । पाकिस्तान भने सहभागी हुने छैन ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बंगलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नयाँ आयोजक राष्ट्र चयन गरिएको हो ।

गत संस्करण बंगलादेशमा माल्दिभ्सले उपाधि जितेको थियो । नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएको थियो । नेपाल हालसम्म फाइनल पुग्न सकेको छैन ।

साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए ।

एन्फाले साफ आयोजनाको लागि कुल १० करोड रुपैयाँ खर्चसहितको योजना पेस गरेको थियो । नेपालमा साफ आयोजना गर्न सरकारले ५ करोड दिने निर्णय गरिसकेको थियो ।

साफको लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । बन्द प्रशिक्षणमा ३७ खेलाडी रहेका छन् । साफअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल भदौ १७ र २० (सेप्टेम्बर २ र ५) मा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer