२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसिजद्वारा २५ परिवारलाई खाद्यान्न वितरण


बिर्तामोड, भदौ २९ । वीरता जेसिजले बिर्तामोडका अपांगता भएका मानिसका परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको छ ।
आज एक कार्यक्रमका बीच बिर्तामोड वडा नम्बर १० का उनीहरुका परिवारलाई खाद्यान्न वितरण गरिएको हो ।

लकडाउनको समयमा जीविकोपार्जनको कुनै उपाय नरहेको र दैनिकी चलाउन असहज भएको जानकारी प्राप्त भएपछि राहत उपलब्ध गराइएको अध्यक्ष राजीव धिमालले बताए ।

बिर्तामोड वडा नम्बर ६ का अपांगता भएका २५ परिवारलाई राहत वितरण गरिएको हो । संस्थाले यसअघि पनि बिर्तामोड र धनकुटामा खाद्यान्न वितरण गरेको थियो ।

धिमालको अध्यक्षता एवम् बिर्तामोड–१० का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश सदस्य कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अपांगता स्वालम्बन संस्थाका अध्यक्ष दिपक थापालगायतले दातालाई धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा स्वागत तथा सञ्चालन महासचिव एलसी श्रेष्ठले गरेका थिए । कार्यक्रममा राहतस्वरुप चामल, दाल, तेल, नुनलगायतका खाद्यन्न सहयोग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer