२०८१ जेठ ५ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

विराट अर्जुनको बचतमा ६१ लाख २५ हजार बृद्धि


बिर्तामोड, असोज ४ । विभिन्न १७ वटा योजना पास गर्दै बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न भएको छ ।

आज आदर्श ब्यांक्वेटमा भएको साधारणसभाले संस्थालाई आगामी दिनमा अझ मजबुद र विस्तार गर्ने योजना बनाएको छ । संस्थाको वार्षिक प्रतिवेदनअनुसार सेयर सदस्यहरुको जीवन बीमाका लागि जीवन बीमा कार्यक्रम, सदस्य स्वास्थ्य राहत कोष, हस्तकला उद्योगलाई प्रोत्साहन, उपचार खर्चमा छुटलगायत गत वर्षका कार्यक्रमलाई निरन्तरता दिइने योजना बनाइएको छ ।

संस्थाले एक वर्षमा सेयर पुँजीमा १० लाख २७ हजार ३०० रुपैयाँ बृद्धि गरेको छ । हाल संस्थाको सेयर पुँजी एक करोड ११ लाख ११ हजार २०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, संस्थाको बचतमा ६१ लाख २५ हजार ७१५ रुपैयाँ बृद्धि भई दुई करोड ४४ लाख ६८ हजार ९४५ रुपैयाँ पुगेको छ । संस्थाको कर्जा लगानीमा गत वर्षको भन्दा ४८ लाख ५० हजार ५५ रुपैयाँ बृद्धि भई तीन करोड ५६ लाख ७२ हजार ७८१ रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाका अध्यक्ष नवराज खरेल (नविन) को अध्यक्षतामा सम्पन्न १२ औँ साधारणभालाई प्रमुख अतिथि बचत तथा ऋण केन्द्रीय संघका सञ्चालक सदस्य घनश्याम अधिकारी, अतिथिहरु बिर्तामोड नगरपालिकाका सामाजिक शाखा प्रमुख डिल्ली दाहाललगायतले सफलताको शुभकामना दिएका थिए ।

संस्थाका सचिव डिल्लीराम प्रसाईंले सहजीकरण गरेको कार्यक्रममा स्वागत संस्थाका उपाध्यक्ष यादव ओलीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer