२०८१ असार ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

घ्यू–तेल नखाँदा पनि हुन सक्छ शारीरिक नोक्सान


बिर्तामोड, जेठ ५ । अहिलेको समयमा घ्यू र तेल अस्वस्थ खाना मानिने गर्छ । जसले गर्दा आफ्नो खानपानबाट धेरै मानिसले घ्यू र तेल हटाउन थालेका छन् । तर, यसको सेवन नगर्दा पनि शरीरमा विभिन्न समस्या हुन सक्छन् । यसबारेमा विस्तारमा जान्नुहोस्

स्वास्थ्य विशेषज्ञ तथा डाक्टरको भनाइअनुसार तेल र घ्यूको सेवन पूर्ण रुपमा बन्द गर्दा तपाईंको स्वास्थ्य खराब हुन सक्छ ।

साथमा यसले शरीरमा कमजोरी पनि महसुस हुन थाल्छ । घ्यू र तेल सेवन नगर्दा तपाईंलाई कमजोरी तथा थकान महसुस हुन सक्छ । साथमा यसले तनाव पनि ल्याउन सक्छ ।

घ्यूले शरीरमा फ्याट्सको मात्रालाई बढाउन सहयोग गर्छ । यस्तोमा शरीरमा यसको कमि हुँदा तपाईं कैयौँ गम्भीर रोगको शिकार पनि हुन सक्नुहुन्छ ।

यदि तपाईं एकदमै धेरै पातलो हुनुहुन्छ भने घ्यू र तेल खान नछोड्नुहोस् । घ्यू र तेल खान छोडेमा तपाईंको तौल तीव्र गतिमा कम हुन थाल्छ ।

घ्यू तथा तेलका राम्रा तत्वहरुले मांसपेशीहरुमा कमजोरी हुन दिँदैन । यस्तोमा यसलाई पूर्ण रुपमा छोड्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।

तर, यदि तपाईंलाई कोलेस्ट्रोल आदि कुनै समस्या छ भने घ्यू तेल कम खान सक्नुहुन्छ । साथमा तपाईं तेलको राम्रो विकल्प पनि खोज्न सक्नुहुन्छ ।

आफ्नो शरीरका लागि कुन तेल फाइदाजनक हुन्छ त्यो सेवन गर्न सकिन्छ । साथमा तेलको सेवन सबैले सीमित मात्रामा गर्नुपर्दछ । अत्यधिक सेवन गर्दा भने यसले हानि नै गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer