२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

मिस झापा २०२१ को अडिसन धमाधम


बिर्तामोड, असोज १६ । यही कात्तिक दोस्रो साता झापाको बिर्तामोडमा हुन लागेको मिस झापा २०२१ को दोस्रो चरणको अडिसन सम्पन्न भएको छ ।

वीरता जेसिजको आयोजना तथा बिर्ता मिडिया प्रालिको संयोजनमा हुन लागेको मिस झापा २०२१ मा सहभागी हुने किशोरीहरुको दोस्रो चरणको अडिसन सकिएको हो ।

आज बिर्तामोडको होटल द किंग्सबेरीमा भएको अडिसनमा जिल्लाका विभिन्न क्षेत्रका किशारीहरु सहभागी रहेको महासचिव एलसी श्रेष्ठले जानकारी दिए ।

नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ मिस झापा आयोजना गरिएको अध्यक्ष राजीव धिमालले बताए ।

प्रतियोगितामा कक्षा १२ अध्ययनरत र सोभन्दा माथिका महिलाको सहभागिता गराइनेछ । १८ वर्षदेखि २५ वर्ष उमेर समूहका झापाका किशारीहरुले प्रतियोगितामा भाग लिन पाउने श्रेष्ठले जानकारी दिए ।

सन् २०१४ देखि सुरु गरेको मिस झापाको यसपटकको विजेताले स्कुटर पाउनुका साथै मिस नेपालमा सहभागी हुने अवसर प्राप्त गर्नेछ ।

अब यही असोज १८ गतेदेखि तीन साता बन्द प्रशिक्षण हुने धिमालले बताए । अडिसनको निर्णायकमा मोडल पल्लवी लिम्बू, सञ्चारकर्मी हिमाल खरेल, चलचित्र निर्देशक दिनेशराज शर्मा र फेसन डिजाइनर विवेश राई रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer