२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

मिस झापा २०२१ को बन्द प्रशिक्षण सुरु


बिर्तामोड, असोज १८ । यही कात्तिक २१ गते बिर्तामोडमा हुन लागेको मिस झापा २०२१ मा सहभागी हुन किशोरीहरुको बन्द प्रशिक्षण आजबाट सुरु भएको छ ।

आज एक कार्यक्रमका बीच तीन सातासम्म हुने बन्द प्रशिक्षणको सुरुवात भएको हो । वीरता जेसिजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा मिस झापा २०२१ हुन लागेको हो । ।

बन्द प्रशिक्षणमा मोडललिङसँगै फोटोग्राफी, आत्मरक्षा, जीवन दर्शन, ग्रामीण पर्यटन, नेतृत्व व्यक्तित्व विकास जस्ता तालिमहरु प्रदान गरिने कार्यक्रम संयोजक जीवनकुमार खड्काले बताए ।

नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ मिस झापा आयोजना गरिएको अध्यक्ष राजीव धिमालले बताए ।

अडिसनबाट छनोट भएका १८ वर्षदेखि २५ वर्ष उमेर समूहका २१ जना किशोरीहरु तालिममा सहभागी रहेको महासचिव एलसी श्रेष्ठले जानकारी दिए । बन्द प्रशिक्षण सरगम संगीतालयको हलमा प्रशिक्षण हुनेछ । कार्यक्रम तालिकाअनुसार बिर्तामोडकै फास्ट ट्र्याकमा पनि तालिम सञ्चालन हुनेछ ।

तीन साता हुने प्रशिक्षणको सहजीकरण कोरियोग्राफर स्वेता कालाखतीले गर्ने छिन् भने तालिम अवधिमा विभिन्न विधागत अनुभवी प्रशिक्षकहरुद्वारा प्रशिक्षण गराइनेछ ।

मिस झापाको उपाधि जित्ने प्रतियोगीले मिस नेपालमा सिधै भाग लिन सक्ने, टिभिएसको स्कुटर र विभिन्न छात्रबृद्धि र उपहारहरु प्राप्त गर्ने संयोजक खड्काले बताए ।

वीरता जेसिजका अध्यक्ष राजीव धिमालको अध्यक्षता र वीरता जेसिजका पूर्वअध्यक्ष नेपाल जेसिजका पूर्वउपाध्यक्ष विशाल थापाको प्रमुख आथित्यतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा नेपाल फोटोपत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, चलचित्र निर्देशक दिनेशराज शर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा स्वागत संयोजक जीवनकुमार खड्का, धन्यवाद मन्तव्य कार्यकारिणी उपाध्यक्ष विकास बस्नेत, संयुक्त सचिव टिकाराम खतिवडाले जेसिज आस्था वाचन र सञ्चालन महासचिव एलसी श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer