२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

आमाको स्मृतिमा खरेल परिवारद्वारा अपांग बालबालिकालाई सहयोग


बिर्तामोड, असोज २७ । बिर्तामोडको एक खरेल परिवारले आफ्नी आमाको पुण्यतिथिको अवसर पारेर अपांगता भएका बालबालिकालाई सहयोग गरेको छ ।

आज एक अनौपचारिक कार्यक्रमका बीच बिर्तामोड–४ को खरेल परिवारले स्वर्गीय आमा नरमाया खरेलको प्रथम वार्षिक पुण्यतिथिको अवसरमा अर्जुनधारा–६ मा रहेको अपांग बाल शिक्षा सरकोर केन्द्रलाई सहयोग गरेको हो ।

केन्द्रमा आश्रित बालबालिकाका लागि एक सेट पलङ, ढसना, सिरक, तन्ना, सिरानी र ब्लांकेट प्रदान गरिएको स्वर्गीय नरमायाका कन्छा छोरा नविनले जानकारी दिए । त्यस्तै, एक बोरा चामल, तेल, दाललगायत खाद्यान्न प्रदान गर्नुका साथै बालबालिकालाई खानासमेत खुवाइएको थियो ।

कार्यक्रममा छोराहरु प्रल्हाद, मोहन र नविन, बुहारीहरु विष्णुमाया, गीता र उषा तथा छोरी चारुलगायतको उपस्थितिमा ती सामग्री केन्द्रलाई हस्तान्तरण गरियो ।

आफ्नी आमाको सामाजिक सेवाभाव उच्च रहेको बताउँदै नविन अध्यक्ष रहेको विराट अर्जुन उपभोक्ता सहकारी संस्थामा यसअघि एक लाख रुपैयाँको स्वर्गीय नरमाया शिक्षा कोष स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer