२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

कनकाईको जितमा कुसुमको ८ गोल


बिर्तामोड, कात्तिक ६ । महालक्ष्मी नगरपालिकालाई १९–० गोल अन्तरले हराउँदै झापाको कनकाई नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा शनिबार कनकाईले महालक्ष्मीको पोस्टमा १९ गोल प्रहार गर्ने क्रममा कनकाईकी कुसुम खतिवडाले ८ गोल गरिन् । उनले दुई प्रतियोगितामा १४ गोल गरिन् । यसअघि गोदावरीविरुद्ध उनले ६ गोल गरेकी थिइन् ।

त्यस्तै, महालक्ष्मीविरुद्ध दिपा शाहीले ५ तथा सिमरन राई र ममता राउतले २/२ गोल गरिन् । लक्ष्मी श्रेष्ठ र इमा राईले १/१ गोल गरिन् ।
यसअघि पहिलो खेलमा कनकाईले गोदावरी नगरपालिकालाई १२–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ । प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।

त्यस्तै, प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०/२० हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer