२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मिस झापा २०२१ को ग्रान्ड फिनाले कात्तिक १५ मा


बिर्तामोड, कात्तिक १२ । यही कात्तिक १५ गते हुने मिस झापा २०२१ को तयारी पूरा भएको आयोजकले जनाएको छ । वीरता जेसीजको आयोजना र बिर्ता मिडिया प्रालिको संयोजनमा हुने प्रतियोगिताको ग्रान्ड फिनाले बेलुका ४ बजेदेखि बिर्तामोडको किंग्स बेरी होटलमा हुनेछ ।

मिस झापा २०२१ मा सहभागी हुने किशोरीहरुको बन्द प्रशिक्षण भइरहेको छ । किशारीहरुले बन्द प्रशिक्षणमा मोडललिङसँगै फोटोग्राफी, आत्मरक्षा, जीवन दर्शन, ग्रामीण पर्यटन, नेतृत्व व्यक्तित्व विकास जस्ता तालिमहरु सिकिरहेको कार्यक्रम संयोजक जीवनकुमार खड्काले बताए ।

अडिसनबाट छनोट भएका १८ वर्षदेखि २५ वर्ष उमेर समूहका १४ जना किशोरीहरु तालिममा सहभागी रहेको महासचिव एलसी श्रेष्ठले जानकारी दिए ।

नारीहरुमा अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यसाथ मिस झापा आयोजना गरिएको अध्यक्ष राजीव धिमालले बताए । वीरता जेसीजले आयोजना गरेको मिस झापाको यो दोस्रो संस्करण हो । यसअघि सन् २०१४ मा आयोजना गरिएको थियो ।
मिस झापालाई वीरता जेसीजको ब्रान्डको रुपमा अब हरेक वर्ष गर्ने योजना रहेको अध्यक्ष धिमालले बताए । उनले कमाउने भन्दा पनि सभ्य, भव्य र पारदर्शी समाज निर्माण गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

मिस झापाको उपाधि जित्ने प्रतियोगीले मिस नेपालमा सिधै भाग लिन सक्ने, म्युजिक भिडियोमा खेल्न पाउने, टिभिएसको स्कुटर र विभिन्न छात्रबृद्धि र उपहारहरु प्राप्त गर्ने संयोजक खड्काले बताए । उपविजेताहरुले विभिन्न गिफ्ट ह्याम्पर पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer