२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिरिङ खोलाको छठ पूजाको तयारी पूरा


बिर्तामोड, कात्तिक २४ । छठ समाज सेवा समिति बिर्तामोडले यस वर्ष मनाइने छठ पूजाको तयारी पूरा भएको जनाएको छ ।

मंगलबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर समितिले कनकाई– ८ स्थित बिरिङ खोलामा गरिने पूजाको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । कोभिडका कारण गत वर्ष रोकिएको छठ पूजा यस वर्ष पनि बिरिङ खोलाको पूर्वी किनारमा हुने अध्यक्ष राजकुमार गुप्ताले जानकारी दिए ।

समितिका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामेश्वर द्विवेदीका अनुसार बिर्तामोडसहित चारपाने, लक्ष्मीपुर र आसपासका स्थानीयले बिरिङ खोला किनारमा छठ पूजा गर्ने छन् । पूजासहित बृहत सांस्कृतिक कार्यक्रम हुने औपचारिक समारोहको उद्घाटन प्रतिनिधिसभा सदस्य पवित्रा निरौला खरेलले गर्ने छिन् ।

बिर्तामोडको अदुवा खोला हुँदै आएको पूजा ठाउँ अभाव र खोलामा ढल मिसाउन थालिइपछि बिरिङमा सारिएको महासचिव मनाज रौनियारले बताए । पूजा तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न विभिन्न १३ वटा उपसमितिहरु बनाइएको निवर्तमान अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।

समितिले वरुण चौधरीको संयोजकत्वमा अर्थ, शंकर भगतको संयोजकत्वमा घाट व्यवस्थापन, अशोक चौधरीको संयोजकत्वमा मञ्च तथा कुपन व्यवस्थापन, अरुण चौधरीको संयोजकत्वमा स्वयमसेवक, दिलिप दासको संयोजकत्वमा लाइट व्यवस्थापन, हेमलता चौधरीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति बनाएको छ ।

त्यस्तै, देवेन्द्रकुमार सिंहको संयोजकत्वमा शान्ति सुरक्षा, राजकुमार शाहको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम, प्रेमचन्द्र चौधरीको संयोजकत्वमा सामाजिक समन्वय, उपेन्द्र प्रधानको संयोजकत्वमा स्वास्थ्य सत्यनारायण चौधरीको संयोजकत्वमा प्रसाद वितरण उपसमिति बनाइएको छ ।

भक्तालुलाई सहज बनाउन समितिले बिरिङ किनारमा एक हजार घाट निर्माण गरेको छ । कार्यक्रम सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको पूर्वअध्यक्ष देवेन्द्र सिंहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer