२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

हलेसीले ल्यायो बिर्तामोडमा स्कोडा कारको सोरुम सञ्चालनमा


बिर्तामोड, पुस ७ । युरोपको चर्चित अटो मोबाइल ब्रान्ड स्कोडाको आधिकारिक सोरुम झापाको बिर्तामोडमा सञ्चालनमा आएको छ ।

आज एक कार्यक्रमका बीच बिर्तामोडकी नगर उपप्रमुख पवित्रा महतारा प्रसाईं र स्कोडाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्ल्यु इन्टरप्राइजेजका ग्रुप डाइरेक्टर देवाशिष मित्राले संयुक्त रुपमा सोरुमको उद्घाटन गरे ।

एमएडब्ल्यु इन्टरप्राइजेजको बिक्रेताको रुपमा हलेसी अटो मोबाइल्सले स्कोडा कारको बिक्री सुरु गरेको हो । हलेसीले पूर्वी नेपालमा स्कोडाको बिक्री र बिक्रीपछिको सेवाको जिम्मेवारी पाएको हो ।

९६ वर्षअघि चेक रिपब्लिकबाट सुरु भएको स्कोडाको कार नेपालमा सन् २००८ मा भित्रिएको थियो । एमएडब्ल्यु इन्टरप्राइजेजले १३ वर्षअघि भित्र्याएको स्कोडको डिलर सञ्जाल बढ्दै गएको एमएडब्ल्यु इन्टरप्राइजेजका कार्यकारी निर्देशक रौनक अग्रवालले जानकारी दिए ।

हलेसीले बिर्तामोडमा स्टेट अफ द आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) सुविधा सुरु गरेको सञ्चालक चूडामणि पौडेलले बताए । हलेसी अटो मोबाइल्सले दुई दिने विशेष टेस्ट ड्राइभ इभेन्ट पनि आयोजना गर्ने भएको छ ।

यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक क्यास डिस्काउन्ट, निःशुल्क सडक कर, एक्सचेन्ज बोनसको सुविधा पाउने पौडेलले जानकारी दिए ।

सोरुमको औपचारिक उद्घाटन हुनुभन्दा अघि नै ३० वटा कार बिक्री भइसकेकाले आफू उत्साहित भएको पौडेलले सुनाए । सञ्चारकर्मी केशव भट्टराईले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सञ्चालक रुद्रबहादुर श्रेष्ठले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer