२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

दमकमा एडभेन्चर इक्युप्मेन्ट सञ्चालनमा


बिर्तामोड, पुस २५ । नेपालको पूर्वी क्षेत्र प्रदेश १ मा नै पहिलोपटक एडभेन्चर इक्युप्मेन्ट शनिबारदेखि सञ्चालनमा आएको छ ।

झापाको दमक ८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको भवनको दोस्रो तलमा सञ्चालनमा ल्याइएको इक्युप्मेन्टमा न्यूनतम १५ हजार देखि ८० हजार रुपैयाँसम्मको विभिन्न ब्रान्डका साइकल, साइकिलिङमा आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु समेत पाइन्छ ।

व्यवसायभन्दा पनि स्वास्थ्यलाई लक्षित गरी दमक झापामा सुरु गरिएको इक्युप्मेन्टमा हाइकिङका लागि आवश्यक सामग्रीहरु जुत्ता, झोला, लत्ता कपडा सिलसपिङ ब्याग, हाइकिङ स्टिक, टेन्टलगायतका सामग्रीहरु उपलब्ध रहेको छ ।

कतै घुम्न जाँदा फोहोर देखिएमा त्यसलाई कसरी सफा गर्न सकिन्छ भन्ने कुराहरुमा पनि सुझाव दिनेगरी सञ्चालनमा ल्याइएको सञ्चालकमध्येका विसनदिप राईले बताए ।

उद्घाटनको पहिलो दिन उपस्थितमध्येका लक्की ड्रमार्फत उपहारको पनि व्यवस्था गरिएको थियो । जसमा दमकका मिलन राईले उपहार प्राप्त गरेका थिए ।

करिब २५ लाख लगानीमा इक्युप्मेन्ट विसनदिप राई र अविन राईले सञ्चालनमा ल्याएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer