२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको ‘डिएसपिडी क्रु’ डान्स च्याम्पियन नेपालको भोटिङ राउन्डमा


बिर्तामोड, पुस २६ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने नेपालको चर्चित डान्सिङ रियालिटि शो ‘डान्स च्याम्पियन नेपाल’ मा झापाको डिएसपिडी क्रु उत्कृष्ट १६ छनोट भएको छ । छनोटसँगै डिएसपिडी क्रु भोटिङ राउन्डमा पुग्न सफल भएको छ ।

पूर्वका विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट स्थान हासिल गरिसकेको उक्त समूह हाल राष्ट्रव्यापी प्रतियोगिता डान्स च्याम्पियन नेपालमा पनि नेपाल तथा भारतका हजारौँ प्रतिस्पर्धीलाई उछिन्दै भोटिङ राउन्डमा प्रवेश गरेको हो ।

डिएसपिडी क्रुले शोमा उत्कृष्ट प्रस्तुति दिँदै आएकाले पनि भोटिङ राउन्डमा पुग्न सफल भएको हो । सो समूहलाई विजयी बनाउन झापाबाट जिताउ अभियान सञ्चालन गरिँदैछ।

समूहमा झापाका दिलमाया लिम्बू, सरस्वती धिमाल, प्रताप सुनुवार र दिपेश राई गरी चारजना सदस्यको नाममा डिएसपिडी समुह नामाकरण गरिएको छ । समूहले प्रतियोगितामा नेपालका विभिन्न सांस्कृतिक नृत्यहरुलाई उजागर गरी स्टेजमा उतार्दै आएको छ ।

आगामी चरणमा प्रवेश गर्नका लागि भोटको आवश्यक रहेकोले उक्त समुहले देश विदेशमा हुने सम्पूर्ण नेपालीलाई भोटका लागि अपिल गरेका छन् । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गई DCN03 टाइप गरी 33001 मा पठाउन सकिनेछ साथै आइएमइ पेबाट पनि भोट गर्न सकिनेछ ।

प्रतियोगितामा डिएसपिडी क्रुले संस्कृतिसँग सम्बन्धित प्रस्तुति दिँदै आएकाले देशको सांस्कृतिक क्षेत्रमा पनि थोरै टेवा पुग्ने उद्देश्यले यस अभियान सञ्चालन गरिएको झापा जिल्ला नृत्य संघका वरिस्ठ उपाध्यक्ष राज लावतीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer