२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

आदेशलाई नेपाल आइडल बनाउन सपोर्ट ग्रुप


बिर्तामोड, पुस ३० । गायन विधाको नेपालको चर्चित रियालिटी शो नेपाल आइडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका आदेश पौडेललाई भोटिङ गर्न सपोर्ट ग्रुप गठन गरिएको छ ।

ग्रुपले भोटिङका लागि अभियान सञ्चालन गर्ने भएको छ । बिहीबार बिर्तामोडमा भेला भएका युवाहरुले सोनु पुडासैनीको संयोजकत्वमा समिति बनाएको हो । सोनु आदेशकी विद्यालय पढ्दा ताकाकी शिक्षिका हुन् ।

समितिको सहसंयोजकमा आकाश उप्रेती, सचिवमा विनोद उप्रेती र कोषाध्यक्षमा विनोद खरेल रहेका छन् । सदस्यहरुमा २० जनाभन्दा युवाहरु रहेका छन् ।

यसैबीच, ग्रुपले पत्रकार सम्मेलन गरेर आदेशलाई भोट गर्न सञ्चारमाध्यममार्फत सबै नेपालीलाई अपिल गरेको छ । एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आइडलबाट बिर्तामोडका आदेश टप १२ मा परेसँगै भोटिङ राउन्डमा प्रवेश गरेका हुन् ।

२४ वर्षीय आदेशले आफ्नो कर्मथलो काठमाडौँलाई बनाए पनि उनको बाल्यकाल बिर्तामोडमै बिताएको पत्रकार भेटघाटका क्रममा जनाइयो । आदेशकी आमा पनि पेशाले गायिका नै भएको बताउँदै सपोर्ट ग्रुपकी संयोजक पुडासैनीले आमाले नै उनको प्रतिभालाई तिखारेको बताइन् ।

विदेशमै आदेशको बुबाको मृत्यु भएपछि उनको पारिवारिक जिम्मेवारी थपिएसँगै उनी काठमाडौँका रेस्टुरेन्ट र पपहरुमा परिवारको जीविकोपार्जनका लागि गायनलाई अगाडि बढाउँदै गरेको पनि पुडासैनीले बताइन् ।

गायन प्रतिभाका धनी आदेशलाई विजेता बनाउन अब भोटको खाँचो रहेकाले अभियानकै रुपमा लागिएको उनको भनाइ छ । आदेशलाई भोट गर्नका लागि नेपालमा मात्र नभएर विदेशमा पनि साथीहरु सक्रिय रहेको उनको भनाइ छ ।

हजारौँ प्रतिस्पर्धीमध्ये १२६ मा छानिएका उनी पछिल्लोपटक टप ३० मा परेका थिए । टप ३० मध्येबाट प्रस्तुतिका आधारमा टप १२ मा पर्न सफल भएका उनको शुक्रबारबाटै भोटिङ राउन्ड सुरु भएको छ ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष भोजराज सिटौलाले आदेशको प्रतिभाको प्रशंसा गर्दै उनलाई सहयोग गर्ने बताए । त्यस्तै, बिर्तामोड ८ का वडा अध्यक्ष अजय कार्कीले आदेशको भोटका लागि कार्यालयमार्फत २० हजार र व्यक्तिगततर्फबाट १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । पत्रकार भेटघाटको सहजीकरण युवा अभियान्ता कैलाश प्रसाईंले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer