२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

गायन रियालिटी शो: झापाका ९ जना भोटिङ राउन्डमा


बिर्तामोड, पुस ३० । झापा उसै पनि संगीतको उर्वर भूमि । ख्यातिप्राप्त र स्थापित धेरै संगीतकर्मी झापाली माटोले जन्माएको छ ।

यो सिजन धेरै मानिसको ध्यान गायन रियालिटी शोहरुमा छ । किन पनि भने, नेपाली टेलिभिजनबाट प्रशारण भइरहेका तीन फरक क्याटोगरीका गायन स्पर्धाहरु चलिरहेका छन् । ती प्रतियोगिताहरुमा सबैभन्दा धेरै सहभागी झापाबाट छन् ।

झापाबाट तीनवटा रियालिटी शोमा नौजना भोटिङ राउन्डमा प्रवेश गरेका छन् । एपी वान टेलिभिजनबाट प्रशारण हुने नेपाल आइडल सिजन ४ मा झापाका चारजना टप १२ मा छनोट भएका छन् । अब उपाधिका लागि उनीहरुले भोटको भर पर्नुपर्नेछ ।

बिर्तामोड-८ देउनियाका २४ वर्षीय आदेश पौडेल, दमक-५ की १९ वर्षीया वेनिसा पौडेल, मेचीनगर काँकरभिट्टाका २६ वर्षीय विश्वास उप्रेती र बिर्तामोड-५ का २० वर्षीय नामग्येल तामाङ भोटिङ राउन्डमा प्रवेश गरेका हुन् ।

त्यस्तै, ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुने सारेगमप लिटल च्याम्प्स नेपालको पहिलो सिजनमा झापाबाट दुईजना किशारीहरु फाइनल यात्राका लागि भोटिङ राउन्डमा छन् । उनीहरु अहिले टप ८ मा छन् ।

झापा बिर्तामोड-२ चारपानेकी १४ वर्षीया कृपा पौडेल र मेचीनगर-८ की १४ वर्षीया रोशा फुयल उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

त्यस्तै, हिमालय टेलिभिजनबाट प्रशारण हुने द भ्वाइस किड्स सिजन १ मा झापाबाट तीनजना बालबालिका फाइनलमा पुगेका छन् । भोलि शनिबार हुने उपाधिको निर्णयका लागि तीन झापाली प्रतिस्पर्धी भोटमा व्यस्त छन् ।

झापा अर्जुनधारा-११ बसपार्कका ११ वर्षीय जेनिश उप्रेती, मेचीनगर-१३ चारआलीकी ९ वर्षीया रुक्साना लिम्बू र बिर्तामोड-१ की ९ वर्षीया अनुजा कडरिया गायन रियालिटीको फाइनल पुग्दै उपाधि होडमा छन् । जेनिश हेटौँडामा जन्मिए पनि झापामा हुर्किएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer