२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

यु–१९ विश्वकप: अस्ट्रेलिया र श्रीलंकाको विजयी सुरुवात


बिर्तामोड, माघ १ । वेस्ट इन्डिजमा जारी आइसिसी यु–१९ विश्वकपमा अस्ट्रेलिया र श्रीलंकाले विजयी सुरुवात गरेका छन् । समूह डी को अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ६ विकेटले हराउँदै विजयी सुरुवात गर्यो ।

विश्वकपको उद्धघाटन खेलमा गुयानामा टस जितेर पहिला ब्याटिङ रोजेको घरेलु टोली वेस्ट इन्डिज ४०.१ ओभरमा १ सय ६९ रनमा अल आउट भयो । वेस्ट इन्डिजका कप्तान अकिम अगस्टेले ६७ बलमा ८ चौकासहित सर्वाधिक ६७ रन बनाए । विकेटकिपर रिभाल्डे क्लार्क ३७ र म्याकेनी क्लार्कले २९ रन जोडे । अस्ट्रेलियाका टम ह्टिनी, कुपर कोनोली र निवेथान राधाकृष्णनले ३–३ विकेट लिए ।

१७० रनको विजयी लक्ष्य अस्ट्रेलियाले ४४.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । अस्ट्रेलिया जितमा टिग वाइली १ सय २९ बलमा ८ चौकासहित ८६ रनमा अविजित रहँदै जित पक्का गरे । अस्ट्रेलियाले १७ जनवरीमा श्रीलंकासँग खेल्नेछ । वेस्ट इन्डिजले त्यसै दिन स्कटल्यान्डसँग खेल्नेछ ।

अर्को खेलमा श्रीलंकाले स्कटल्यान्डलाई ४० रनले हरायो । टस जितेर ब्याटिङ रोजेको श्रीलंका ४५.२ ओभरमा २ सय १८ रनमा अल आउट भयो । सकुना लियानागेले ८५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ८५ रन जोडे । रविन डि सिल्भाले ३० र चामिन्दु विक्रमसिंधेले २८ रन बनाए । स्कटल्यान्डका सेन फिसर केओगले सर्वाधिक तीन विकेट लिए ।

यु–१९ विश्वकपमा १६ देशको सहभगिता छ । हरेक समूहमा चारचार टोली छन् । हरेक समूह शीर्ष दुई टोलीले क्वार्टर फाइनलमा स्थान बनाउने छन् ।

यु–१९ विश्वकपको समूह

समूह ए – बंगलादेश, इंग्ल्यान्ड, क्यानडा र युएई

समूह बी – भारत, आयरल्यान्ड, दक्षिण अफ्रिका र युगान्डा

समूह सी – अफगानिस्तान, पाकिस्तान, पपुवा न्युगिनी र जिम्बावे

समूह डी – अस्ट्रेलिया, स्कटल्यान्ड, श्रीलंका र वेस्ट इन्डिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer