२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको राजगढमा सेलरोटी महोत्सव


झापा, माघ १ । मकर संंक्रान्तिको अवसर पारेर झापाको बाह्रदशी गाउँपालिकामा यो वर्ष फरक कार्यक्रमको आयोजना गरिएको छ ।

जनचेतना मूल कृषक समूह राजगढको आयोजना तथा पाथिभरा चेतनशील महिला समूहको सहआयोजनामा राजगढ बजारमा आज माघे संंक्रान्तिकोे अवसरमा ‘सेलरोटी महोत्सव’ को आयोजना गरिएको हो ।

बाह्रदशी गाउँपालिकाभित्र रहेका सबै सामाजिक संघसंस्थाको सहभागितामा आयोजित सेलरोटी महोत्सवमा सहभागी सबैलाई सेलरोटी खान दिइएको थियो ।

संस्कार संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पूर्वमै पहिलोपटक सेलरोटी महोत्सवको आयोजना गरिएको जनचेतना मूल कृषक समूह बाह्रदशीका अध्यक्ष पुण्य ढुङ्गेलले बताए ।

गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न कृषक समूहमा आवद्ध सदस्यहरु सेलरोटी महोत्सवमा स्वतस्फूर्त रुपमा सहभागी भएका थिए । राजगढ बजार परिसरमा आयोजित महोत्सवमा झन्डै तीन हजारभन्दा धेरै मानिस सहभागी हुँदै माघे संंक्रान्ति र सेलरोटी महोत्सवको विषयमा जानकारी लिएका थिए ।

बजार परिसरमा बिहानैबाट सेलरोटी पकाउन सुरु गरेका महिलाहरुले दिनभरजसो सेलरोटी पकाउँदै आएका सबैजनालाई सेलरोटी खान दिएका थिए ।

सेलरोटी महोत्सवको आयोजनाले आफ्ना भावी पिँढीले समेत यसको महत्व वुझ्ने र अन्य समुदायलाई समेत सेलरोटीका विषयमा थाहा हुने भएकाले महोत्सव आयोजना गरिएको पाथिभरा चेतनशील महिला समूहकी अध्यक्ष शान्ता खरेलले बताइन् ।

हिन्दू धर्मावलम्बीहरुले तिहार या त पितृकार्य मात्रै पकाउँदै आएको सेलरोटी राजगढ बजार परिसरमा महोत्सवकै रुप दिँदै भावी पिँढीलाई समेत सेलरोटीका विषयमा जानकारी दिनुले सन्तान दरसन्तानमा समेत संस्कार र संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास शिक्षासेवी गंगाप्रसाद अधिकारीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer