२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

वीरता जेसीजको पद हस्तान्तरणमा तीनजना पुरस्कृत


झापा, माघ २ । वीरता जेसीजको ४१ औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममा झापाका विभिन्न विधाका तीनजनालाई नगदसहित पुरस्कृत गरिएको छ ।

आज बिर्तामोडमा आयोजित कार्यक्रमका बीच वीरता जेसीजले स्वर्गीय मदन ढकाल स्मृति वीरता जेसीज उत्कृष्ट पत्रकारिता पुरस्कार २०२१ बाट झापा टुडे डटकमका सम्पादक हिमाल खरेललाई पुरस्कृत तथा सम्मान गरियो ।

त्यस्तै, स्वर्गीय दिलकुमार स्मृति वीरता जेसीज सक्रिय पूर्वअध्यक्ष पुरस्कार वीरता जेसीजका पूर्व ध्यक्ष विशाल थापालाई प्रदान गरिएको थियो । दमयन्ता रिमाल उत्कृष्ट जेसीज पुरस्कार जनसम्पर्क अधिकारी अनन्तलाल महतोलाई पुरस्कारका संस्थापक मानार्थ सदस्य वसन्त रिमालले प्रदान गरेका थिए ।

यसैबीच, सन् २०२१ का अध्यक्ष राजीव धिमालले सन् २०२२ का अध्यक्ष प्रविण खड्काको गलामा चेन पहि¥याएर पद हस्तान्तरण गरिएको थियो ।

वीरता जेसीजका निवर्तमान अध्यक्ष तथा निर्वाचन अधिकृत मिजास पोखरेलले सन् २०२२ का अध्यक्ष प्रविण खड्कासहित नवनिर्वाचित पदाधिकारीहरुको नाम घोषणा गरेका थिए ।

वीरता जेसीजको ४१ औँ साधारणसभा तथा शाखा अधिवेसनबाट सन् २०२२ को अध्यक्षमा प्रविण खड्का, कार्यकारीणि उपाध्यक्षमा कुशल खतिवडा र युवराज कुँवर, उपाध्यक्षमा वसन्त ढकाल, दिपेन धिमाल, प्रभास थापा मगर र दिपक शाह, जनसम्पर्क अधिकारीमा कृष्ण अग्रवाल, संयुक्त सचिवमा अनन्तलाल महतो, प्रकरण निर्देशकमा सुरज चौधरी, तालिम संयोजकमा जनक खड्का सर्वसम्मत निर्वाचित भएका थिए ।

सन् २०२२ को अध्यक्षमा चयन भएसँगै अध्यक्ष खड्काले महासचिवमा टिकाराम खतिवडा, कानुनी सल्लाहकारमा प्रकाश सुवेदी, कोषाध्यक्षमा दिवाकरलाल चौधरी र सहकोषाध्यक्षमा प्रभात मास्केलाई मनोनयन गरेका थिए ।

वीरता जेसीज सन् २०२१ का अध्यक्ष राजीव धिमालको अध्यक्षता तथा नेपाली काग्रेस १ नम्बर प्रदेशका सभापति उद्धव थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत अन्तर शाखा संयोजक तथा कार्यक्रम संयोजक जीवनकुमार खड्काले गरेका थिए ।

कार्यक्रममा मेची–महाकाली साइकलयात्री अभिषेक धमलालाई सम्मान गरेका थिए भने स्वास्थ्य संयोजक घनश्याम चौधरी, अन्तर शाखा संयोजक तथा कार्यक्रम संयोजक जीवनकुमार खड्का, महासचिव लोकचन्द्र श्रेष्ठलाई उत्कृट जेसीको सम्मान प्रदान गरेका थिए ।

कार्यक्रममा अध्यक्ष धिमालले आफ्नो कार्यकालमा वीरता जेसीजले रचनात्मक कार्य गरी नेपाल जेसीजबाट तथा दुबईबाट गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल भएको जानकारी गराउँदै सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा पूर्व कार्यकारिणी राष्ट्रिय उपाध्यक्ष तथा जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, राष्ट्रिय उपाध्यक्ष कुमारसिंह साँवा, भद्रपुर जेसीजका अध्यक्ष निकास पाण्डे, वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा सन् २०२२ का अध्यक्ष प्रविण खड्काले आफ्नो कार्यकालमा वीरता जेसीजलाई नयाँ उचाई प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer