२०८१ बैशाख १२ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

नामग्येललाई नेपाल आइडल बनाउन भोट गर्न आग्रह


झापा, माघ ५ । नेपालको चर्चित गायन विधाको रियालिटी शो नेपाल आइडल सिजन ४ को टप १२ मा पर्न सफल झापा बिर्तामोडका नामग्येल तामाङलाई भोटिङ गर्न स्थानीय संगीतकर्मीहरुको एक समितिले आग्रह छ ।

संगीतकार जोनी तामाङको संयोजकत्वमा एक समिति बनाएर नामग्येललाई जिताउन अपीलसमेत गरिएको छ । सो समितिले भोटिङका लागि अभियान सञ्चालन गर्ने भएको छ ।

बुधबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी समितिले सानैदेखि गायन कलामा अब्बल तामाङलाई पूर्वको गहनाको रुपमा स्थापित गराउने उद्देश्यले उनको प्रचारप्रसार र भोटिङमा सहयोग गर्न समिति निर्माण गरिएको जनाएको छ ।

सामाजिक सञ्जाल र युट्यबमा कभर गीत गाएर आफ्नो कला प्रस्तुत गर्दै सांगीतिक क्षेत्रमा चम्किलो तारा बनेका तामाङमा क्षमता भएकाले उनलाई जिताउन समिति गठन गरेको बुधवार बिर्तामोडमा पत्रकार भेटभाट गरेर जानकारी दिइएको हो ।

जुनसुकै प्रकारका गीत गाउन सक्ने गायक तामाङमा गुण रहेको र मेहनत, लगाव र अनुशासन भएकाले पनि उनले जित्नुपर्ने समितिका संयोजक तामाङले बताए ।

उनको प्रचारप्रसार र भोटिङ सपोर्टका लागि बिर्तामोडमा कार्यालय नै स्थापना गर्ने समर्थक तथा युवा नेता प्रकाश लिङदेनले बताएका छन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्य सहर तथा जिल्लामा यही समितिले प्रचारप्रसारको कार्य गर्ने लिङदेनले जानकारी दिए ।

समितिको सदस्यमा विशाल अग्रवाल, कृति भट्टराई, अपेक्षा राई, आयुष गुरुङ, अनिष पुडासैनी, राहुल राई, नसिव मगर, ललित राजवंशी, अनिस सुवेदी, आशिष बुढाथोकी, सन्देश गुरुङ र विजय पाँचकोटी रहेका छन् ।

कार्यक्रमको सञ्चालन आशा गुरुङले गरेकी थिइन् । एपी वान टेलिभिजनबाट प्रशारण हुँदै आएको नेपाल आइडल टप १२ को भोटिङ राउनड सुरु भइसकेको छ ।

हजारौँ प्रतिस्पर्धीमध्ये १२६ मा छानिएका उनी पछिल्लोपटक टप ३० मा परेका थिए । टप ३० मध्येबाट प्रस्तुतिका आधारमा टप १२ मा पर्न सफल भएका उनको शुक्रबारबाटै भोटिङ राउन्ड सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer