२०८१ भदौ ३१ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

आहा–रारा गोल्डकप: एपिएफ पहिलोपटक च्याम्पियन


झापा, माघ १५ । छपटकको विजेता मनाङ मर्स्याङ्दी क्लबलाई स्तब्ध पार्दै आहा–रारा गोल्डकपको उपाधि विभागीय टिम एपिएफ फुटबल क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा मनाङलाई टाइब्रेकरमा हराउँदै एपिएफले पहिलोपटक आहा रारा गोल्डकपको उपाधि जितेको हो । टाइब्रेकरमा मनाङलाई ५–४ ले पराजित गर्दै एपिएफ पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो ।

निर्धारित र अतिरिक्त समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरका आधारमा गरिएको थियो ।

खेलको अग्रता विभागीय टिम एपिएफले लिएको थियो । खेलको २० औँ मिनेटमा युवराज खड्काले विभागीय टिम एपिएफलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६७ औँ मिनेटमा दयानन्द सिंहले मनाङका लागि बराबरी गोल फर्काए । कप्तान बिमल रानाको क्रसलाई सदुपयोग गर्दै सिंहले गोल गरेका थिए ।

खेल सकिन ६ मिनेट अघि फ्रेङ्कलिन टालाले मनाङका लागि गोल गर्दै जिततर्फ अग्रसर गराएका थिए । फ्रि–हेडमा हाइटको फाइदा उठाउँदै फ्रेङ्कलिनले गोल गरेका थिए । तर, इन्ज्युरी समयको पहिलो मिनेटमै एपिएफका रवि थिङले हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेले ।

एपिएफ दोस्रोपटक फाइनलमा प्रवेश गर्दा पहिलोपटक आहा राराको च्याम्पियन बनेको हो । यसअघि एपिएफ छैटौं संस्करणमा पुलिससँग पराजित भएको थियो । एपिएफसँगको हारसँगै मनाङ भने कीर्तिमानी सातौंपटक उपाधि जित्नबाट वञ्चित बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer