
बिर्तामोड, बैशाख २३ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ हजार ८ सय रुपैयाँले बढेर २ लाख ९६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार सुन तोलामा २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार मंगलबार ४ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको छ।






