२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

झापाका प्य्राङ्कस्टर सेढाईं पक्राउ


बिर्तामोड, फागुन ४ । नेपालका पुरानामध्येका एक प्य्राङ्कस्टर आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा बिर्तामोड स्थायी घर भएका सेढाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले प्य्राङ्कको नाममा सार्वजनिक स्थलमा नागरिकलाई सास्ती र हैरानी दिएको अभियोगमा पक्राउ गरेको एसएसपी नविन्द अर्यालले बताए ।

सेढाईंले ८ वर्षअघिदेखि प्य्राङ्क भिडियो बनाउँदै आएका छन् । उनले युट्युब च्यानलमा पछिल्लोपटक तीन साताअघि एउटा प्य्राङ्क भिडियो अपलोड भएको देखिन्छ ।

गृह मन्त्रालयले १३ माघ २०७८ मा सार्वजनिक स्थलमा प्य्राङ्क भिडियो बनाउन नपाइने भन्दै विज्ञप्ति जारी गरेको थियो ।

मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘सार्वजनिक स्थलमा हुने भद्दा किसिमका ख्यालठट्टाबाट शिकार भएका व्यक्तिमा देखिन सक्ने मानसिक तनाव, उत्पन्न हुनसक्ने वादविवाद र द्वन्द्व, सामाजिक सद्भाव र शान्ति सुरक्षामा पर्नसक्ने असरलाई मध्यनजर गर्दै प्य्राङ्क भिडियो नबनाउन’ चेतावनी दिइएको थियो ।

एसएसपी अर्यालका अनुसार जिल्ला अदालत, काठमाडौंबाट विद्युतीय कारोबार ऐन, २०६३ अनुसार सेढाइँविरुद्ध ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer