२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

ब्यान्डसहित कन्सर्ट गर्दै गायक प्रमोद


बिर्तामोड, चैत १४ । नेपाली आधुनिक संगीतका लोकप्रिय तथा व्यस्त गायक प्रमोद खरेल पहिलोपटक आफ्नो औपचारिक ब्यान्डसहित दर्शकमाझ प्रस्तुत हुने भएका छन् ।

गायक खरेलले आफ्नै आधिकारिक ब्यान्डसहित लाइभ कन्सर्ट गर्न लागेका हुन् । यही चैत २५ गते झापा झिलझिलेमा रहेको वाटर किंगडम पार्क एन्ड रिसोर्टमा खरेलले ब्यान्डसहित प्रस्तुति दिने झापा टुडेलाई बताए ।

नेपाली सुगम संगीतमा फरक स्थान बनाएका गायक खरेलले यसअघि भारतको आसाममा भएको ‘डेइजिङ फेस्टिभल’ मा ब्यान्डसहित प्रस्तुति दिएका थिए । नेपालबाट त्यहाँ सहभागी हुने खरेल पहिलो गायक हुन् । उनलाई त्यहाँको नेपाली समुदायको पहलमा बोलाइएको थियो ।

एसियाका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने डेइजिङ फेस्टिभल आसामको सरकारी निकायबाट आयोजना भएको कार्यक्रम हो । कार्यक्रममा बलिउडबाट विशाल शेखार, नीति मोहन, मिका सिंहले प्रस्तुति दिइसकेका छन् ।

झिलझिलेमा उनले ब्यान्डको म्युजिकसँगै पुराना तथा नयाँ गीतहरु गाउँदैछन् । प्रमोदले आफ्ना हिट गीतहरुलाई चैत २५ को साँझ ६ बजेदेखि हुने कन्सर्टमा प्रस्तुत गर्नेछन् ।

त्योसँगै पुराना लोक तथा नेपाली संस्कृति झल्कने गीतलाई पनि उनले प्राथमिकता दिने छन् । उनका पछिल्ला गीतहरु बाटो, नोगेन, छाती चिरेर युट्युबमा ट्रेन्डिङमा पर्दै आएका छन् । कन्सर्टमा समेत प्रमोद नेपाल र विदेशमा अत्यधिम रुचाइएका गायक हुन् ।

२०५६ सालमा निर्दोषी मायालु गीतबाट नेपाली सुगम संगीतमा प्रवेश गरेका प्रमोद झापा बनियानीमा स्थायी बासिन्दा हुन् । पहिलो एकल एल्बम प्राप्ति ले नै चर्चामा आएका खरेलले कहिल्यै पछाडि फर्किनु परेन । खरेलका हालसम्म तीन हजार गीत तथा गजल रेकर्ड भएर बजारमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer