२०८१ चैत्र १३ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

१ नम्बर प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष र सदस्य सचिव फेरिए


बिर्तामोड, चैत २२ । सरकारले १ नम्बर प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष र सदस्य सचिवमा नयाँ नियुक्ति गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको उपाध्यक्ष विराटनगरकी जिना कार्की र सदस्य सचिवमा ओखलढुंगाका हंशराज वाग्लेलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले बोर्डको उपाध्यक्ष र सदस्य सचिव नियुक्ति गर्ने निर्णय गरेको हो ।

हिजो मात्र प्रदेश सरकारले यसअघिका बोर्ड उपाध्यक्ष बाबा मेयाङ्बो र सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतलाई बर्खास्त गरेको थियो । उनीहरूलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले गएको असोज २४ गते नियुक्त गरेका थिए ।

Adv footer