२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

पत्रकारले उम्मेदवारी दिए सदस्यता खारेज हुने


बिर्तामोड, बैशाख ८ । नेपाल पत्रकार महासंघले आफ्ना कुनै पनि पदाधिकारी र सदस्य पालिका चुनावमा उम्मेदवारी दिएमा महासंघको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।

त्यस्तै, कोही पनि सदस्यले उम्मेदवार बन्न चाहेमा महासंघको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको छ ।

यदि महासंको सदस्यता परित्याग नगरी उम्मेदवारी दिने व्यक्ति महासंघमा कायम रहेको पदबाट स्वतः मुक्त हुने महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा आज बिहीबार बसेको बैठकले निर्णय पनि गरेको छ ।

त्यस्तै, महासंघले पालिका चुनावमा महासंघका सबै सदस्यलाई आचारसंहिताको पालना गरेर तटस्थ भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ । स्थानीय तहको चुनावको यही बैशाख ३० गते हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer