२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

एकोहममा होटल म्यानेजमेन्टसँगै अब बिजनेस स्टडिज र कम्प्युटर साइन्स पनि


बिर्तामोड, बैशाख १८ । इस्टर्न इम्पायर कलेज अफ होटल म्यानेजमेन्ट (एकोहम) ले नयाँ भवनमा पठनपाठन सुरु गर्ने भएको छ ।

बिर्तामोड–१ स्थित देवी पञ्चकन्यामा रहेको नयाँ भवनमा सरेसँगै कलेजले बिजनेस स्टडिज र कम्प्युटर साइन्स विषय थप गरिएको पनि जानकारी दिइयो । आइतबार पत्रकार सम्मेलन गर्दै कलेजले पठनपाठनबारे जानकारी गराएको हो ।

कलेजले यसअघि होटेल म्यानेजमेन्ट मात्र अध्यापन गराउँदै आएकोमा यस शैक्षिक सत्रबाट बिजनेस स्टडिज र कम्प्युटर साइन्स विषय थप गरेको जनाएको हो ।

कलेज यसअघि पूर्ण होटल म्यानेजमेन्ट कलेज मात्र थियो । तर ऊर्जावान सञ्चालकहरुको समूहको प्रयासपछि बिजनेस स्टडिज र कम्प्युटर साइन्स विषयलाई समावेश गराएको सञ्चालक तथा प्रबन्ध निर्देशक आलोक कार्कीले जानकारी दिए ।

उनका अनुसार होटल म्यानेजमेन्ट १२ पढेकाले मात्र पाउने कोर्स थियो । तर, हाल उक्त विषयमा एसएलसी पढेकाले पनि समावेश हुन पाउने छन् ।

Adv block_7_1

कलेजले विद्यार्थीको सिकाइलाई ध्यानमा राख्दै उनीहरुलाई जीवनमा अघि बढ्नका साथै दक्ष जनशक्ति बन्न मद्दत गर्ने विश्वासका साथ उक्त विषय समावेश गरेको जनाएको छ ।

विशेष गरेर झापाभरका विद्यार्थीलाई अध्यापन गराउने लक्ष्य रहे पनि जुनसुकै स्थानका विद्यार्थी भए पनि अध्यापन गराइने बताइएको छ ।

कलेजको सञ्चालकममा सशांक पुरी, आलोक कार्की, प्रितम कोइराला, सुमन श्रेष्ठ, निर्मल निरौला, धर्म राजवंशी, विवेक नेपाल र प्रविन पाठक रहेका छन् । २०७१ सालमा स्थापना भएको कलेजले पुरानो स्थानमा पनि अध्यापन गराउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer