२०८१ बैशाख ८ शनिबार
Jhapa Today
Adv top
Adv below_nav

माहेश्वरी महिला मञ्चद्वारा पोशाक र शैक्षिक सामग्री वितरण


बिर्तामोड, बैशाख २२ । सामाजिक कार्यका अग्रसर माहेश्वरी महिला मञ्च मेचीले झापाको अर्जुनधारामा रहेको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरेको छ ।

अक्षय तृतीयको सन्दर्भ पारेर आज बिहीबार मञ्चले अर्जुनधारा ११ देउनिया बस्तीमा रहेको जूनकीरी सार्वजनिक प्रावि र बन्दी सहायता नेपालद्वारा सञ्चालित बालगृहमा आश्रित बालबालिकालाई एकएक जोडी कपडा, शैक्षिक सामग्री र खानेकुरा प्रदान गरेको थियो ।

मञ्चका सदस्यहरु विद्यालयमै पुगेर विद्यार्थीलाई सहयोग सामग्री वितरण गरेका थिए । मञ्चकी अध्यक्ष रिता चित्लंगियाका अनुसार मञ्चले विपन्न तथा पछाडि पारिएका समुदायमा सेवा गर्दै आएको छ ।

कार्यक्रममा करिब ८० हजार रुपैयाँको कपडा, शैक्षिक सामग्री तथा खानेकुरा वितरण गरिएको मञ्चकी सचिव सुधा तोसनिवालले जानकारी दिइन् ।

विद्यालय र बालगृहका सहित ७० जना विद्यार्थीलाई ती सामग्री प्रदान गरिएको जूनकीरीका प्रधानाध्यापक रञ्जीत परियारले बताए ।

मञ्चकी संस्थापक अध्यक्ष सुधादेवी गट्टानीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेची माहेश्वरी समाजका अध्यक्ष महेश चित्लंगिया, सामाजिक अभियन्ता कमल पोखरेललगायतले शुभकामना व्यक्त गरेका थिए ।

Adv block_7_1

कार्यक्रमकै अवसर पारेर कक्षा नर्सरीदेखि पाँचसम्मका वार्षिक परीक्षामा प्रथम हुने विद्यार्थीलाई मञ्चले पुरस्कृत गरेको अध्यक्ष रिता चित्लंगियाले बताइन् ।

संस्कार जोगाऔँ, संस्कृति बचाऔँ भन्ने मुल नाराका साथ सहयोग सामग्री हस्तान्तरण गरिएको मञ्चले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer