२०८१ बैशाख १४ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

नेपालको पानी निर्यात गर्न प्रसाईं र दुबई विकासका कार्यकारी निर्देशकबीच छलफल


बिर्तामोड, जेठ १२ । झापाको बिएन्डसी हस्पिटल तथा पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र संयुक्त अरब इमिरेट्स (युएई) दुबई विकास प्राधिकरणका कार्यकारी निर्देशक खालिफ शेखर महम्मदबीच भेटवार्ता भएको छ ।

Adv block_7_1

दुबई विकास प्राधिकरणको औपचारिक भ्रमणको क्रममा प्राधिकरणका कार्यकारी निर्देशक महम्मदसँग उनले भेट गरेका हुन् । गत शनिबार दुबई पुगेका प्रसाईंले महम्मदलाई बुधबार भेटेका थिए ।

भेटमा नेपालको कृषिउपज तथा हिमालको पानी मिनरल वाटरको रुपमा वार्षिक २ खर्बसम्मको पानी निर्यात गर्ने, नेपालको जडिबुटीलाई दुबईको बजारमा प्रबर्द्धन गर्नेलगायतका विषयमा छलफल भएको अस्पतालका जनसम्पर्क तथा सूचना अधिकृत प्रमिस गिरील जानकारी दिए ।

कार्यकारी निर्देशक महम्मदले जडिबुटीलाई दुबईको बजारमा प्रबर्द्धनका लागि आफ्नो सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । त्यस्तै, नेपालको स्वास्थ र शिक्षाको विकासमा काम गर्नेबारे पनि छलफल भएको गिरीले बताए ।

Adv sidebar_1

यसअघि प्रसाईंले युएईका अधिराजकुमार मोहम्मद बिन जुमा अल मकतुमलाई भेट गरेका थिए । प्रसाईं र राजकुमार मोहम्मदबीच शिक्षा र स्वास्थ्यका क्षेत्रमा सहकार्य गर्ने विषयमा कुराकानी भएको थियो ।

Adv top

प्रसाईं पाँच दिने भ्रमणको लागि युएई गएका हुन् । प्रसाईंले बिएन्डसी हस्पिटललाई एसियाकै नमुना अस्पताल बनाउने सपना बुन्दै आएका छन् । यही मेहनतकै कारण उनलाई दुबई भेटका लागि बोलाइएको थियो ।

भेटघाट तथा छलफलमा प्रसाईं, गिरीका साथै अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. निराजन प्रसाईंको पनि उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer