२०८१ जेठ २ बुधबार
Jhapa Today
Adv top
Adv below_nav

सिपी होटलले सञ्चालनमा ल्यायो सार्वजनिक शौचालय


बिर्तामोड, जेठ २३ । अन्य सहरमा जस्तै झापाको मुख्य बजार बिर्तामोडमा पनि सार्वजनिक शौचालयको अभाव भएकै बेला होटल तथा अन्य संघसंस्थाले सर्वसाधरणलाई आफ्नो शौचालय प्रयोग गर्न दिन थालेका छन् ।

Adv block_7_1

मानिसहरुको धेरै आउजाउ हुने बिर्तामोडमा पश्चिम बसस्टेन्ड नजिकै रहेको सेन्टर पोइन्ट (सिपी) होटल तथा पार्टी प्यालेसले आफ्नो शौचालयलाई सार्वजनिक बनाएको सञ्चालक रितेन खरेलले बताए ।

बसबाट ओर्लिने तथा बस चढ्न पर्खेका यात्रुहरुलाई सो स्थानमा शौचालय नहुँदा समस्या पर्दै आएको थियो । यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै तथा काठमाडौँका नगरप्रमुख बालेन्द्र साहबाट प्रभावित भएर होटलले सार्वजनिक शौचालय प्रयोगमा ल्याएको खरेलले जानकारी दिए ।

यसैबीच, सार्वजनिक शौचालय नहुँदा बिर्तामोडमा सर्वसाधारण समस्यामा पर्दै आएका बेला बिर्तामोड ४ मा रहेको शिखर बचत तथा ऋण सहकारी संस्थाले पनि नागरिकका लागि शौचालय प्रयोगमा ल्याएको छ ।

Adv sidebar_1

संस्थाका अध्यक्ष दिपेन्द्र राउतका अनुसार भद्रपुररोडका लागि संस्थाको शौचालय उपयोगी हुनेछ । भद्रपुर बसस्टेन्ड पश्चिममा रहेको शिखर साकोसले आफ्नो शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न दिने अध्यक्ष राउतको भनाइ छ ।

Adv top

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer