२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

रोटरी क्लब बिर्तामाडको अध्यक्षमा बिमली, सचिवमा घिमिरे


बिर्तामोड, असार १६ । रोटरी क्लब अफ बिर्तामाडको अध्यक्षमा व्यवसायी तथा उद्योगी ओमकृष्ण बिमली चयन भएका छन् । बिमली वर्ष २०२२ २३ का लागि अध्यक्ष भएका हुन् ।

Adv block_7_1

त्यस्तै, त्यसपछिको अध्यक्षमा बबिता गिरी चयन भएकी छन् भने मनोनित अध्यक्षमा सरेश अग्रवाल चयन भएका छन् ।

क्लबको उपाध्यक्षमा प्रकाश शिवाकोटी र दिपक गिरी तथा सचिवमा सञ्जीव घिमिरे चयन भएका छन् । कोषाध्यक्षमा अमोद आचार्य, सहायक कोषाध्यक्षमा सुशील अग्रवाल चयन भए ।

क्लबको डाइरेक्टर टिआरएफमा राजकुमार पोखरेल, डाइरेक्टर सर्भिस प्रोजेक्टमा विनोद बस्नेत, डाइरेक्टर क्लब एडमिनिस्ट्रेसनमा निकिता गिरी, डाइरेक्टर मेम्बरसिपमा मीनप्रकाश मैनाली चयनमा भएका छन् ।

त्यस्तै, डाइरेक्टर युथ सर्भिसमा डा. सन्ध्या राठी, डाइरेक्टर पब्लिक इमेजमा निर्मल भट्टराई, क्लब मेन्टरमा सुरेश बंशल, क्लब ट्रेनरमा कुमार गिरी, सर्जन्ट एट आम्र्स कुमार गिरी (जे) चयन भएका छन् ।

क्लबको चेयर एडमिनिस्ट्रेसनमा विनिता गट्टानी, चेयर टिआरएफमा पवन खेडिया, चेयर सर्भिस प्रोजेक्टमा अशोक ढुंगाना, चेयर युथमा शैलन्द्र कुरुम्बाङ, चेयर मेम्बरसिपमा आशा आचार्य र पब्लिक इमेजमा पार्वता खरेल चयन भएका छन् ।

Adv sidebar_1

एक कार्यक्रमका बीच नयाँ कार्यसमितिको पद हस्तान्तरण यही असार अन्तिम साता हुने क्लबका अध्यक्ष नविन गट्टानीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer