
बिर्तामोड, असार २३ । झापा जिल्ला खेलकुद विकास समितिले दुई खेलका खेलाडीलाई सम्मान तथा विदाई गरेको छ ।
आज चन्द्रगढीस्थित समितिको कार्यालयमा भएको एक कार्यक्रमबीच कबड्डीका खलाडीलाई सम्मान तथा हक्कीका खेलाडीलाई विदाई गरिएको हो ।

हालै राजविराजमा सम्पन्न प्रथम राष्ट्रिय आमन्त्रण महिला कबड्डी प्रतियागितामा झापाको टिम दोस्रो भएको थियो । समितिले टिमका प्रशिक्षक ब्रह्मलाल राजवंशीसहित १० जना खेलाडीलाई सम्मान गरेको हो ।

त्यस्तै, असार २४ र २५ गते पोखरामा हुने हक्की प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई समितिले विदाई गरेको थियो ।

पोखरामा हुने इन्डोर महिला तथा पुरुष राष्ट्रिय हक्की प्रतियोगितामा भाग लिन १ नम्बर प्रदेशको प्रतिनिधित्व गर्दै झापाली टोली त्यसतर्फ गएको हो । टिमका सबै खेलाडी झापाका हुन् ।

समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्त, उपाध्यक्ष गंगा कोइराला भूर्तेल, सदस्यहरु जगन कार्की, गंगा तुम्बापोलगायतले खेलाडीलाई सम्मान तथा विदाई गरेका थिए ।

Comments are closed