२०८१ बैशाख ७ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोडको आगामी प्राथमिकताः पूर्वाधार निर्माणमा जोड


बिर्तामोड, असार २४ । फोहोर व्यवस्थापन, सार्वजनिक शौचालय र पार्किङ मुख्य समस्या रहेको झापाको बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ ।

रिपोर्टर्स क्लब मेचीले आज बिर्तामोड नगरपालिकामा आयोजना गरेको ‘बजेटको प्राथमिकता र कार्यान्वयन पक्ष’ विषयक जनप्रतिनिधिसँगको साक्षात्कार कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र संग्राैलाले आगामी आर्थिक वर्षमा पूर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको बताए ।

Adv block_7_1

बजेट अभावका कारण धेरै काम गर्ने अवस्था नरहेको उनको भनाइ छ । विगतका कार्यक्रमलाई निरन्तरता दिँदै मानवीय आवश्यकता पूरा गर्ने योजना ल्याउने र सोही अनुरुप अघि बढ्ने संग्रौलाले बताए ।

पूर्वाधारपछि नगरले शिक्षा, स्वास्थ्य, कृषिलाई प्राथमिकतामा राखेको छ । आगामी पाँच वर्षभित्रमा कक्षा–१२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने योजनासहित यो वर्षदेखि काम थालिएको छ । अत्याधुनिक नगर अस्पताल निर्माण गर्ने, एक हजार विपन्नको स्वास्थ्य बीमा गर्ने लगायतका महत्वपूर्ण योजना निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले नगरपालिकाले ठुलो रकम पूर्वाधार निर्माणमा छुट्याएको बताए । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि एक अर्ब ३८ करोड रुपैयाँबरारबको बजेट विनियोजन गरेको छ ।

Adv sidebar_1

न्यौपानेले नगरबाट उत्पादित फोहोर बिर्सजन गर्ने स्थानको सम्झौता साउन १ गतेदेखि सकिन लागेको बताए । कार्यक्रममा वडा अध्यक्ष अग्नि पाण्डेले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानमा सबै नगरबासी र सरोकारवाला निकाय जुट्नुपर्नेमा जोड दिए ।

यसैबीच, बिर्तामोडको कृषिथोकमा पार्किङसहितको बहुतले व्यावसायिक भवन बनाउनका लागि डिपिआर बनाउने काम थालिएको नगरपालिकाले जनाएको छ । जसका लागि नगरपालिकाले एक करोड रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै, बिर्ताबजारमा छ करोड रुपैयाँको लागतमा व्यावसायिक भवन बनाउने काम सुरु भइसकेको छ ।

रिपोर्टर्स क्लब मेचीका अध्यक्ष शेखर सेडाईंले कार्यक्रमका सहभागीलाई स्वागत गर्दै क्लबले विगत डेढ दशकदेखि सामाजिक, आर्थिक, राजनीतिक लगायतका मुद्दामा बहस चलाउँदै आएको बताए । कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष तुलसीप्रसाद निरौलाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer