२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

बिर्तामोड बजार क्षेत्रभित्रका फुटपाथ व्यवसाय हटाइने


बिर्तामोड, साउन २० । बिर्तामोड बजार क्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ ।

बिर्तामोड नगरपालिकाको कार्यालयमा आज बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले बिर्तामोडमा फुटपाथ व्यवसायका कारण पार्किङको समस्या र सडक दुर्घटनाको जोखिम बढेको भन्दै फुटपाथ हटाउने निर्णय गरेको हो ।

Adv sidebar_2

बैठकले बजारक्षेत्रभित्र सटर लिएर व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले पनि व्यवसाय फुटपाथसम्म विस्तार गरेको पाइएकाले यसप्रकारको कार्यलाई पनि हटाउने निर्णय गरेको छ ।

Adv sidebar_3

फुटपाथ व्यवसाय हटाउनका लागि नगरपालिकाले ७ दिनको म्याद राखेर सूचना सार्वजनिक गर्ने नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले जानकारी दिए ।

सर्वदलीय बैठकले फुटपाथ खाली भएनभएको र स्थानीय वस्तुस्थितिको अध्ययन, अनुगमन, समन्वय तथा सुझावका लागि नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा १६ सदस्यीय कार्यदल समेत गठन गरेको छ ।

Adv block_7_1

बिर्तामोडको भद्रपुररोड, शनिश्चरेरोड, कृषिथोक बजार वरिपरि र बजार क्षेत्रभित्र पर्ने पूूर्वपश्चिम राजमार्गको पेटीमा आधिकारिक रुपमा दर्ता नभई मापदण्डविपरीत फुटपाथ व्यवसाय सञ्चालन हुँदै आएका कारण बिर्तामोड बजार अस्तव्यस्त बन्दै आएको छ ।

सर्वदलीय बैठकमा नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, नेकपा माओवादी केन्द्रका बिर्तामोड नगर कमिटी अध्यक्ष मोहन सुब्बा, राप्रपा नगर समिति उपाध्यक्ष किरणप्रसाद पौड्याल, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष श्रीप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टीका नगर अध्यक्ष लखनलाल राजवंशी, वडा नम्बर १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डे, वडा नम्बर ३ का वडाध्यक्ष मदन बुढाथोकी, वडा नम्बर ४ का वडाध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईं, वडा नम्बर ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल, बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, उद्योग वाणिज्य संघका उपाध्यक्ष सञ्जीव घिमिरे, नैनकला भट्टराई, राधिका चुडाल हुमागाईं, उपभोक्ता मञ्चका मदनगोपाल सुब्बा, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख रुगमबहादुर कुँवर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer