२०८१ बैशाख ११ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एन्फा अध्यक्ष नेम्वाङलाई झापामा भव्य सम्मान


बिर्तामोड, साउन २३ । अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङलाई गृहनगरमा झापाका दर्जनौँ संघसंस्थाले सम्मान गरेका छन् ।

नेम्वाङको गृहनगर धुलाबारीमा झापा जिल्ला फुटबल संघद्वारा आज आयोजित भव्य कार्यक्रमका बीच उनलाई सम्मान गरिएको हो ।

असार ६ गते सम्पन्न एन्फाको निर्वाचनबाट नेम्वाङ पहिलोपटक मोफसलबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

No description available.

कार्यक्रममा नेम्वाङले फुटबल गतिविधि सुरु गरेको स्थानीय रोलिङ क्लब, दमकको ध्रुवतारा स्पोर्टिङ क्लब, सतासीधाम स्पोर्टिङ क्लब, काँकरभिट्टा फुटबल टे«निङ सेन्टर, बिर्तामोड भेट्रान्स फुटबल क्लबले सम्मानपत्र प्रदान गरेका थिए ।

Adv sidebar_3

त्यस्तै, मोफसलको चर्चित झापा गोल्ड कप, झापा टुडे डटकम, मुनाल क्लब, झापा जिल्ला फुटबल रेफ्री संघ, प्रशिक्षक संघलगायतले नेम्वाङलाई सम्मान गरेका थिए ।

झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आलेको अध्यक्षतामा भएको स्वागत तथा सम्मान कार्यक्रममा एन्फा अध्यक्ष नेम्वाङले झापाली फुटबल अभियन्ताहरुलाई एकजुट भएर अघि बढ्न आग्रह गरे ।

‘तपाईंहरुबीच एकता भएको खण्डमा नेपाली फुटबलले नै ठुलो फड्को मार्नेछ’, नेम्वाङले भने, ‘फुटबलको उर्वर भूमि हो झापा, त्यस्तै तपाईंहरु मिलेर काम गर्नुपर्छ ।’

कार्यक्रममा संघका पूर्वअध्यक्षद्वय जलकुमार गुरुङ र महेन्द्र सुब्बा, झापा गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेल, क्लबहरुको तर्फबाट फुर्वा तामाङले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्च झापाका अध्यक्ष हिमाल खरेल, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, बिर्तामोड भेट्रान्स फुटबल क्लबका अध्यक्ष किरण थापासमेतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer