२०८० चैत्र १५ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

मिस ग्रान्ड नेपालको उपाधिका लागि भिड्दै झापाकी रोजिका


बिर्तामोड, साउन २५ । आरके इन्टरटेन्मेन्ट ग्रुपले आयोजना गर्दै आएको मिस ग्रान्ड नेपाल २०२२ को उपाधिका लागि झापा बिर्तामोडकी १६ वर्षीय रोजिका सिटौला प्रतिस्पर्धा गर्दै छिन् ।

मिस ग्रान्ड २०२२ को विजेताको लागि भोटिङ राउन्ड खुला भइसकेको छ । उत्कृष्ट १६ भित्र पर्न सफल उनले भोटका लागि सबैसँग अपिल गरेकी छन् ।

No description available.

सानैदेखि पढाइ र अतिरिक्त क्रियाकलापमा अब्बल रहेकी सिटौलाले पूर्वाञ्चल टाइटल स्टार, झापा मिस टाइटल, टाइटल मिसा डिसिप्लेन लगायत अन्य थुप्रै उपाधि हात पार्न सफल भएकी छन् । उनले लुङ्गा फिल्ममा प्रितम आचार्यले गाएको गीतमा अभिनय समेत गरेकी छन् ।

No description available.

मोबाइलमा खल्ती एप डाउनलोड गरी कन्टेस्टेन्ट नम्बर १६ मा उनलाई धेरैभन्दा धेरै भोट सकिनेछ । उनी कसैलाई हराउन यो प्रतिस्पर्धामा नआएको र अरुभन्दा केही फरक प्रस्तुति दिएर उपाधि जित्न मिस ग्रान्डमा आएको बताउँछिन् ।

Adv sidebar_3

सिटौलालाई आफू असल नायिका बनेर देशलाई चिनाउने ठुलो सपना रहेको छ । उनलाई प्रतिस्पर्धीहरुले समेत बलियो उपाधि दाबेदारको रुपमा हेरेका छन् ।

प्रतियोगिताको भोटिङ सँगै यतिबेला ट्रेनिङ सेसन पनि चलिरहेको छ । भदौ महिनाको पहिलो हप्तामा फिनाले गर्ने आयोजक टिमको तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer