२०८१ बैशाख १३ बिहीबार
Jhapa Today
Adv top
Adv below_nav

नवौँ राष्ट्रिय खेलकुदः झापाको छनोट भदौ २ देखि ७ गतेसम्म


बिर्तामोड, साउन २५ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि झापाको छनोट यही भदौ २ गतेदेखि हुने भएको छ ।

प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेश १ का १४ वटै जिल्लाको छनोट तालिका सार्वजनिक गरेको छ । जिल्लाको छनोट भदौ ७ गतेसम्म हुने झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले जानकारी दिए ।

No description available.

यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको पोखरासहित विभिन्न स्थानमा प्रतियोगिता सञ्चालन हुँदैछ ।

झापाबाट २५ वटा खेलमा खेलाडी छनोट हुने छन् । प्रतियोगितामा २ प्रदर्शनी र ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

No description available.

त्यस्तै, राखपको गत साता भएको बोर्ड बैठकले ४०७ खेल इभेन्ट्स समावेश गर्ने निर्णय गरेको थियो ।

झापाबाट फुटबल, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, जुडो, हक्की, सुटिङ, टेनिस, क्रिकेट, आर्चरी, पौडी, कबड्डी, कुस्ती, खो–खो, टेबलटेनिस, बास्केटबल, बुद्धिचाल, आइटिएफ तेक्वान्दो, सेपाकताक्रो र शारीरिक सुगठन खेलबाट खेलाडी छनोट गरिने भण्डारीले बताए ।

Adv sidebar_3

जिल्लाबाट छानिएका खेलाडीले प्रदेश छनोटमा स्थान बनाउने छन् । १४ वटा जिल्लाबाट छनोट भएका उनीहरुले भदौ १० देखि १९ गतेसम्म हुने छनोट चरणमा भाग लिने छन् ।

प्रदेश छनोटमा पर्ने खेलाडीले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन् । राखेपले भदौ १५ गतेभित्र खेलाडी संख्या र भदौ २५ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने सहभागी टोलीहरूलाई पत्राचार गरिसकेको छ ।

प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एक एनआरएन टोलीले भाग लिने राखेपले जनाएको छ ।

प्रतियोगितामा ३६ खेलमा खेलाडीहरूले ३९३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । ३९३ रजत तथा ६०१ कास्यका लागि भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer