२०८० चैत्र १६ शुक्रबार
Jhapa Today
Adv top
Adv below_nav

सहकारी संस्थालाई नगद लाभांश वितरण नगर्न आग्रह


बिर्तामोड, साउन २६ । गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश वितरण नगर्न ‘सहकारी सहजीकरण संयन्त्र’ ले सहकारी संस्थाहरुलाई आग्रह गरेको छ ।

पछिल्लो समय केही सहकारी संस्था समस्यामा परेपछि बचत झिक्नेको ओइरो लाग्ने गरेको तथा एकैपटक सबैजसो बचतकर्ता आउँदा सहकारी संस्थाहरूले पैसा दिन नसक्ने भएपछि तत्काललाई नगद लाभांश वितरणमा रोक लगाइएको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले बताए ।

No description available.

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न गठित सो संयन्त्रले तरलता अभावसँगै सहकारी संस्थाको पुँजीगत आधार कमजोर हुन नदिन केही समयका लागि नगद लाभांश वितरण नगर्न आग्रह गरिएको हो ।

No description available.

एक दिनमा सदस्यले जम्मा गरेको बचतको बढीमा ५ प्रतिशत मात्र भुक्तानी दिन महासंघले आग्रह गरेको छ । त्यस्तै, आवधिक बचतको अवधि नपुगी भुक्तानी नदिन र बचतकर्तालाई राम्रोसँग परामर्श गरी निक्षेप नझिक्न प्रेरित गर्न पनि महासंघल भनेको छ ।

Adv sidebar_3

‘सदस्यहरूसँगको परामर्शमा नगद लाभांश वितरण नगर्ने, कारोबारलाई सकेसम्म डिजिटल प्रणालीमा लैजाने, वित्तीय मापदण्ड (पर्ल्स) लागु गर्न र महासंघ, सहकारी बैंक, केन्द्रीय संघ, प्रदेश वा जिल्ला संघहरूले संचालन गरेका स्तरीकरण कार्यक्रममा संस्थालाई सहभागी गराउने र उद्देश्य मिल्ने अन्य सहकारी संस्थासँग एकीकरण गर्ने,’ संयन्त्रले सिफारिस गरेको सुझावमा भनिएको छ ।

त्यस्तै, विद्यमान सहकारी ऐन नियममा भएका ऋण असुलीसम्बन्धी व्यवस्थाहरूको तत्काल कार्यान्वयन गरी भाखा नाघेको ऋण छिटो असुली गर्न पनि संयन्त्रले सुझाएको छ ।

Adv sidebar_2

तरलता अभावसँगै सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न राष्ट्रिय सहकारी महासंघले दुई साताअघि ३८ संघसंस्था आबद्ध रहेको ‘सहकारी सहजीकरण संयन्त्र’ गठन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer