२०८१ माघ २९ मंगलबार
Jhapa Today
Adv top
Adv below_nav

एक्सेलको समृद्धि बचत खाता सञ्चालनमा


बिर्तामोड, भदौ ५ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणहरुको हितलाई मध्यनजर गरी ‘एक्सेल समृद्घि बचत खाता’ सञ्चालनमा ल्याएको छ ।

No description available.

बचत खातामा वार्षिक ९ दशमलव ०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने बैंकले जनाएको छ । न्यूनतम दुई हजार रुपैयाँमा खोल्न सकिने खातामा मासिक रुपमा ब्याज प्राप्त हुनेछ ।

This image has an empty alt attribute; its file name is aadarsa-1.png

बैंकका अनुासार एक्सेल समृद्घि बचत खाता सबै उमेर समूहका नेपाली नागरिकहरुले खोल्न सक्ने छन् ।

‘तपाईंको स्थानीय साझेदार’ को नारा लिएको बैंकले स्थानीय स्तरमा बचत गर्ने बानी बसाउनका लागि उच्च प्रतिफल दिने एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ्ग सुविधासमेत उपलब्ध गराउने आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

Adv sidebar_3

जसअन्तर्गत निःशुल्क मोबाइल बैंकिङ्ग, एटिएम कार्ड, चेक बुक , अन्य बैंकको एटिएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङ्गको सुविधा पनि उपलब्ध हुनेछ ।

हाल बैकले वैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न वार्षिक १० दशमलव ०५ प्रतिशत ब्याज प्राप्त हुने रेमिट बचत खाता र वार्षिक १३ दशमलव ०५ प्रतिशत ब्याज प्राप्त हुने रेमिट मुद्दति खाता समेत सञ्चालन गरिरहेको छ ।

Adv sidebar_4

यसका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दति निक्षेपहरु पनि सञ्चालनमा रहेका छन् ।

झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको बैंकले ४४ वटा शाखामार्फत स्थानीयस्तरमा बैंकिङ्ग सेवा प्रदान गर्र्दै आएको छ ।

नगदरहित कारोबारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ्ग, क्युआर कोडबाट भुक्तानी, आरटिजिएस, कार्पोरेट पे जस्ता सुविधाहरु समेत उपलब्ध गराउँदै आएको छ ।

Comments are closed

Adv footer