२०८१ बैशाख १६ आइतबार
Jhapa Today
Adv top
Adv below_nav

डिग्री सकेका कृषक संग्रौला मतदातामाझ लोकप्रिय


बिर्तामोड, कात्तिक १८ । शैक्षिक अध्ययन स्नातकोत्तर सकेर पनि गाउँम सेवा गर्नुपर्छ भन्ने भावले कृषिकर्ममा लागेका युवा हुन् मानप्रकाश संग्रौला ।

झापाको क्षेत्र नम्बर ३ अन्तर्गत बाह्रदशी ५ का संग्रौला पछिल्लो पाँच वर्षयता गाउँले परिवेशमै नागरिकका दुःखसमस्या र सुखसँगै साक्षात्कार गर्दै आइरहेका छन् ।

बाह्रदशीमै सात बिघा जग्गा भाडामा लिएर उनले मकै खेती गरेर अरु कृषकहरुलाई पनि प्रोत्साहन गर्दै आएका छन् । उनको कृषिमा देखिएको लगावले गर्दा अन्यलाई पनि व्यावसायिक खेतीमा डोर्याएको छ ।

राजनीतिक दलका उम्मेदवार र चुनाव जितेर जाने नेताले पटकपटक आश्वासन दिए पनि ग्रामीण क्षेत्रका नागरिकलाई जिल्ल पार्ने गरेकाले संग्रौलाले यसपटक झापा ३(२) बाट उम्मेदवारी दिएका छन् ।

उनको अथक मेहनतले उनी वडाकै सबैभन्दा बढी मकै उत्पादन गर्ने कृषकको कीर्तिमान बनाएका छन् । जग्गा नभएर पनि भाडामा लिएर आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने संग्रौला एक उदाहरण हुन् ।

उनले भूमिहीन किसानले भोग्नु परेका समस्या नजिकबाट बुझेका पनि छन् । कृषकका साथै इमान्दार व्यवसायीको छवि बनाएका उनी यहाँका किसान, मजदुर, व्यवसायी र उद्योगीको समस्या संसदमा टेबल गर्न सक्ने योग्य व्यक्तित्वका रुपमा स्थानीयले उनलाई हेरेका छन् ।

-सशुल्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer