२०८१ बैशाख २४ सोमबार
Jhapa Today
Adv top
Adv below_nav

झापाको अर्जुनधारामा यु-१८ वडास्तरीय फुटबल हुने


बिर्तामोड, माघ ८ । झापाको अर्जुनधारामा वडास्तरीय १८ वर्षभन्दा कम (यु-१८) समूहको फुटबल प्रतियोगिता हुने भएको छ । झापा लिग च्याम्पियन शनिश्चरे एफसीको आयोजना तथा वडा कार्यालयको संयोजनमा प्रतियोगिता सुरु हुन लागेको हो ।

मुल आयोजक समितिले आज शनिश्चरेमा आयोजना गरेको पत्रकार सम्मेलनमा माघ २० गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिइएको छ । अर्जुनधारा नगरपालिकामा ११ वटा वडा छन् ।

मुल आयोजक समितिका अध्यक्ष सुरेन राईका अनुसार वडा वडाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । यस्तै, लागुऔषध दुव्र्यसनमा लाग्नबाट बचाउन पनि प्रतियोगिताले मद्दत पुराउने अध्यक्ष राईको भनाइ थियो ।

कार्यक्रममा बोल्दै झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले स्थानीय सरकारले गर्नुपर्ने प्रतियोगिता स्थानीय क्लबले गर्न लागेको बताउँदै यसमा जनप्रतिनिधि जिम्मेवार बन्न आग्रह गरे ।

स्थानीय सरकार जिममेवार बनेर अभिभावकत्व भूमिका निर्वाह गरेको खण्डमा उमेर समूहबाट अब्बल खेलाडी उत्पादन हुनेमा विश्वस्त रहेको उनले सुनाए । उनले प्रतियोगितामा फुटबल संघको तर्फबाट प्राविधिक सहयोग हुने आयोजकलाई जानकारी दिए ।

अर्जुनधारा ७ का वडाध्यक्ष गोविन्द खतिवडाले प्रतियोगिता सम्पन्न गर्नका लागि जनप्रतिनिधि सहकार्य गर्न तयार रहेको बताउँदै सकेसम्म सहयोग पुग्ने पनि प्रतिवद्धता जनाए । प्रतियोगिता सञ्चालन, खेलाडी उत्पादन र प्रशिक्षणको व्यवस्थाले निरन्तरता दिन आयोजकलाई उनको सुझाव थियो ।

कार्यक्रममा बोल्दै स्थानीय एवम् राष्ट्रिय खेलाडी विशाल राईले १८ वर्षमुनिका खेलाडीको प्रतियोगिता आयोजना गरेर शनिश्चरे एफसीले सराहनीय काम गरेको सुनाए । उनले स्थानीय सरकारसमक्ष प्राथमिकताका आधारमा खेल क्षेत्रमा पनि लगानी गर्नुपर्ने आग्रह गरे ।

यसैगरी, झापा जिल्ला खेलकुद विकास समितिका सदस्य सुरेन्द्र गिरी र क्लबका सल्लाहकार टेकराज तिलिङले प्रतियोगिता सम्पन्न गर्नका लागि व्यक्तिगत र संस्थागत सहयोग रहने आयोजकलाई जानकारी दिए ।

अर्जुनधारा खेलमैदानमा आयोजना हुने प्रतियोगिता सम्पन्न गर्न ३ लाख ९० हजार खर्च लाग्ने अुनमान गरिएको कोषाध्यक्ष हरि गुरुङले जानकारी दिए । विजेताले नगद ३० हजार र उपविजेताले नगद २० हजारसहित ट्रफी पाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

*

*

Adv footer